शीर्ष नेताको दसैँ
यस्तो छ शीर्ष नेताहरुको दसैँ योजना
कार्यकर्ता भेटघाटदेखि अध्ययनसम्म

हिन्दु धर्मालम्बि तथा नेपालीको सबैभन्दा ठुलो पर्व दसँै सुरु भएको छ । दसैँ सुरु भएसँगै विदेश गएका नेपाली स्वदेश फर्किदै छन् भने स्वदेशको सहरमा बस्दै आएकाहरु दसैँ मनाउन आफ्नो घर जादै छन् ।
वर्ष दिनको एक चोटी मनाउने दशै पर्व उत्साहका साथ मनाउने गरिन्छ । यस्तै दसैँको समयमा अरु बेला भन्दा फुसर्दिला हुने नेपालका शिर्ष नेताहरु पनि दसैँ मनाउन लागेका छन् ।
कोरोना महामारीका कारण गतवर्ष कसैसँग भेट नगरी दसैँ मनाएका नेताहरुले यो वर्ष पनि कोरोनाको जोखिम उस्तै रहेकाले परिवारमा मात्रै दसैँलाई सिमित राख्ने बताउँछन् ।
राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारी दसैँको समयमा अध्ययन र भेटघाटमा ब्यस्त हुने भएकी छिन् । यस्तै यो वर्ष राष्ट्रपति र प्रधानमन्त्री शेर बहादुर देउवाले सर्वसाधारणलाई दसैँको टिका कोरोनाको मापदण्ड पालान गरेर लगाउने बताइएको छ । गतवर्ष कोरोना माहामारिलाई मध्येनजर गरी राष्ट्रपति र प्रधानमन्त्रीले सर्वसाधारण र शिर्ष नेताहरुले आफ्ना कार्यकर्तालाई टिका लगाएका थिएनन् । शीर्ष नेताहरु दसैँको समयमापनि राजनीतिक गतिविधितिर नै बढी देखिएका छन् ।
प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेर बहादुर देउवाले यो वर्ष सर्वसाधरणलाई टिका लगाउने वा नलगाउने भन्ने टुंगिएको छैन । देउवाको सचिवालयका अनुसार सर्वसाधारणलाई टिका नलगाएपनि पार्टीका नेता तथा कार्याकर्ता र शुभचिन्तकलाई टिका लगाउने छन् । उनी सरकार र पार्टीको महाधिवेशनमा केन्द्रीत हुने देउवाका स्वकीय सचिव भानु देउवाले बताए ।
एमाले अध्यक्ष ओली

नेपाल कम्युनिष्ट्र पार्टी (नेकपा)एमाले अध्यक्ष केपी शर्मा ओली भने यसपाली दशै नमनाउने सुरमा छन् । प्रत्यक वर्ष दशै मनाउँदै आएका उनले यसपाली भने आफू पनि टीका नलगाउने र अरुलाई पनि टीका नलगाउने र दसैँको समयमा अध्ययनमा बढी केन्द्रीत रहने ओलीको सचिवालयले जनाएको छ ।
माओवादी केन्द्र अध्यक्ष प्रचण्ड

यस्तै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दसैँमा टिका लगाउँदैनन । तर परिवारका अन्य सदस्यहरुको टिका कार्यक्रम भने हुनेछ । परिवारका सदस्यसाग रमाइलो गरेर दशै को समय सदुपयोग गर्ने योजना प्रचण्डको छ । प्रचण्डका प्रेस सल्लाहाकार विष्णु सापकोटाका अनुसार प्रचण्ड अहिले राजनीतिक गतिविधि, नेता–कायकर्तासँग भेटघाट र कार्यक्रमहरुमा सहभागी भइरहेका छन् ।
एस अध्यक्ष नेपाल

यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल पनि नेता कार्यक्रर्तासँगको भेटघाट, चियापन, राजनीतिक गतिविधिमा बढी व्यस्त हुने उनका स्वकीय सचिव मोहन गोतमले बताएका छन् । नेपालले यो वर्ष दसैँ मनाउने वा नमनाउने अहिलेसम्म त्यस्तो केही निर्णय नभएको उनले बताए । नेपाललाई सधै टिका लगाउदै आएका गाउँले दाइ यो वर्ष वितेकाले नेपालले टिका लगाउने वा नलगाउने भन्ने कुनै निर्णय नभएको बताइएको छ । नेपालले टिका लगाए गाउँको कान्छी आमाको हातबाट टिका लगाउने बताइएको छ ।
कोरोना महामारीका कारण गतवर्ष उत्साहका साथ दसैँ मनाउन नपाएका नेताहरुले यो वर्ष पनि कोरोनाको जोखिम रहेकाले सामान्य रुपमा दसैँ मनाउने बताइएको छ ।

हरि भट्ट
मेरोन्यूजकर्मी हरि भट्ट राजनितिक विषयमा कलम चलाउछन् ।















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया