राष्ट्रिय फुटबलका प्रशिक्षक अल्मुताइरी फर्किएनन् नेपाल
मेरोन्यूज
२०७८ कार्तिक १ गते १३:४४

काठमाडौँ । साफ च्याम्पियनसिपमा राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी कुवेत प्रस्थान गरेका छन् । उनी नेपाली टोलीसँग नेपाल नआई कुवेत प्रस्थान गरेका हुन् ।
प्रशिक्षक अल्मुताइरी माल्दिभ्सबाट कतार हुँदै आफ्नो घर कुवेत गएका हुन् । नेपाली टिम सोमबार बिहान स्वदेश फर्किँदा उनी कतारको दोहासम्म सँगै गरेका थिए ।
अल्मुताइरीले साफको फाइनल खेल नेपालका लागि आफ्नो अन्तिम खेल भएको बताउँदै आएका थिए । तर, अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रशिक्षक अल्मुताइरी परिवारसँग केही समय बिताएर नेपाल फर्कने बताएको छ ।
प्रशिक्षक अल्मुताइरीको नेतृत्वमा नेपाल साफ च्याम्पियनसिपमा ऐतिहासिक पहिलोपटक फुटबलको फाइनल पुगेको हो । फाइनलमा नेपाल भारतसँग ३–० गोलले पराजित भएको थियो ।
सम्बन्धित


















वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
वर्षाका कारण नेपाल र यूएईबीचको खेल अवरुद्ध
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
प्रतिक्रिया