सभामुखप्रति ओलीको तिखो आलोचना
अग्नि सापकोटा संसदीय प्रणालीकै कलंक : ओली

काठमाडौं । सभामुख र एमाले अध्यक्ष केपी ओलीवीचको आपसी द्दन्द्द अझै सेलाएको छैन । सभामुखप्रति एकदमै असहिष्णु बन्दै आएका एमाले अध्यक्ष केपी ओलीले सभामुख अग्नि सापकोटालाई संसदीय प्रणालीकै कलंक भएको आरोप लगाएका छन् ।
एमालेको काठमाडौं सिन्धुपाल्चोक सम्र्पक कमटिले आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गदै ओलीले सभामुखप्रति तिखो आलोचना गरेका हुन् ।
‘अग्नि सापकोटाजस्तो मान्छे संसदीय प्रणालीकै कलंक फेरि निर्वाचित भएर संसदमा पाइला टेक्न पाउनुहुन्छ रु उनी कलंक हुन् संसदीय व्यवस्थाका। सभामुखको गरिमाको त कुरै छोडौं। कुनै मर्यादा छैन। नेकपा एमालेको विरूद्धको षडयन्त्रमा सामेल भएर पदीय भूमिका, पदीय गरिमा त्यो सबै कुरालाई बिर्सिएर तिलाञ्जली दिएर आफू सरकारमा हुँदा संवैधानिक परिषदको बैठकमा अनुपस्थित भएर पार्टीको निर्देशनमा अनुपस्थित हुने, पदीय कर्तव्य पालना नगर्ने। अनुपस्थित भएर संवैधानिक परिषदमा योगदान नगर्ने देशलाई चल्न दिने काम उनले गरेका छन्।’ सभामुखप्रति टिप्पणी गदैं ओलीले भने ।
अध्यक्ष ओलीले एमाले विरूद्धको षडयन्त्र सामेल भएर सभामुख सापकोटाले पदीय भूमिका, गरिमालाई बिर्सिएर तिलाञ्जली दिएको आरोप लगाए ।
















राष्ट्रियसभा अन्तर्गतका चार समितिका सभापतिको पदबहाली
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो
भोजपुरमा कुटपिटबाट एक जनाको मृत्यु
उपसभामुखको निर्वाचन चैत २७ मा
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
कलाकार बलेलाई ५ दिन हिरासतमा राख्न अनुमति
प्रतिक्रिया