अध्यक्ष ओली चितवन जाँदै, महाधिवेशन स्थलको निरीक्षण गर्ने

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज चितवन जाने भएका छन् । पार्टीको १० औँ महाधिवेशन स्थलको निरीक्षण र आवश्यक जानकारी लिन उनी चितवन जाने भएका हुन् ।
अध्यक्ष ओलीले महाधिवेशन उद्घाटन सत्र हुने नारायणी नदी किनार र बन्द सत्र हुने सौराहाका सम्भावित ठाउँको निरीक्षण गर्ने कार्यक्रम रहेको छ । उद्घाटन सत्रको टुंगो लागे पनि बन्द सत्र होटल वा खुल्ला ठाउँ कहाँ गर्ने भन्ने विषयमा टुंगो लागेको छैन ।
ओलीले आज महाधिवेशनको ठाउँ निरीक्षण गरेसँगै टुंगो लाग्ने एमालेका जिल्ला अध्यक्ष पार्वती रावलले जानकारी दिइन् । महाधिवेशनमा दुई हजार हाराहारी प्रतिनिधि हुने छन् ।
काठमाडौँबाट स्थलमार्ग हुँदै चितवन जाने भएका ओलीले उद्घाटन स्थलको स्थलगत अवलोकन गर्ने कार्यक्रम रहेको छ । सो पश्चात् एमाले भरतपुर महानगर कमिटीको प्रथम अधिवेशन उद्घाटन गरेर उनी महाधिवेशनको बन्द सत्र हुने सौराहा जाने कार्यक्रम रहेको छ ।
दुई दिनको चितवनको बसाईमा ओली माडीको अयोध्याधाम र नारायणी नदीमा क्रुजको अवलोकन गर्ने कार्यक्रम छ । ओलीलाई बाटोका विभिन्न स्थानमा एमालेका नेता कार्यकर्ताले स्वागतका कार्यक्रम राखेका छन् ।
बुटवलमा हुने भनिएको महाधिवेशन अन्तिम चरणमा चितवन सारिएको हो । महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते हुने भएको छ ।
















अविश्वासबीच इस्लामाबादमा अमेरिका–इरान वार्ता
अस्पताल सेवा सुधार कार्यविधि २०८२ जारी
युरोपियन युनियनद्वारा अवैध इजरायली विस्तारको निन्दा
इरानसँगको वार्ताका लागि जेडी भान्स आइपुगे पाकिस्तान
कोलम्बिया–इक्वेडर व्यापार युद्ध चर्कियो
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
प्रतिक्रिया