प्रशिक्षक अल्मुताइरीले गरे थप ३ वर्षको सम्झौता

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी आगामी ३ वर्षका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । उनी अब सन् २०२४ सम्म नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक हुने भएका हुन् ।
गत शनिबार नेपाल आइपुगेका अल्मुलाइरीले नेपाली फुटबल टोलीलाई पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा पुर्याएका थिए । प्रतियोगिता सकिएपछि आफ्नै देश कतार पुगेका उनको नयाँ सम्झौता २०२४ को अन्त्यसम्म कायम रहने छ ।
माल्दिभ्समा भएको साफ च्याम्पियनसिपको फाइनल खेलअघि अम्मुताइरीले नेपाल नफिर्किने भन्दै घोषणा गरेका थिए । तर, अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा कतार पुगेर भेटेर साथै कतार फुटबल एशोसिएसनसँग छलफल गरेसँगै अम्मुताइरी नयाँ सम्झौताका लागि सहमत भएका हुन् ।
अल्मुताइरीले मिलेर फुटबल विकासमा काम गर्ने भन्दै आफ्नो व्यक्तिगत जीवनलाई लिएर टीका टिप्पणी नगर्न आग्रह गरे ।









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
प्रतिक्रिया