कोरोनाबाट ५० लाख जनाले गुमाए ज्यान

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) महामारीबाट विश्वभरमा ५० लाखभन्दा बढीको मृत्यु भएको छ । चीनको हुबे प्रान्त वुहान शहरबाट करिब दुई वर्षअघि फैलिएको कोरोनाका कारण विश्वभर ५० लाखभन्दा बढीको मृत्यु भएको एएफपी समाचार समितिले जनाएको छ ।
चालिस लाख व्यक्तिको मृत्यु दर्ता भएको करिब चार महिनापछि दिइएको जानकारीअनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या ५० लाख नाघेको हो । विश्वका अर्बौं मानिसले कोरोनाविरुद्धको खोप लगाएकाले मृत्युदर दरमा केही कमी आएको छ ।
यद्यपि, युरोपमा दुई महिनायता पहिलोपटक कोभिड–१९ का संक्रमित र मृत्युको संख्या बढिरहेको विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले गत बिहीबार जारी पत्रकार सम्मेलनमा बताएका थिए ।
रुसमा हाल संक्रमण र मृत्यु हुनेको नयाँ रेकर्ड कायम भएको छ । गत अक्टोबर २० देखि औसतम दैनिक हजारभन्दा बढी भएको मृत्यु हुँदै आएको छ । रुसमा कोरोना संक्रमणका कारण गत नोभेम्बर १ सम्ममा दुई लाख ३९ हजार ६९३ जनाको मृत्यु भइसकेको छ ।









एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो
गोरखाको रिपुम गुम्बामा आगालागी, तीनतले आवास भवन जलेर नष्ट
आजकाे एनपीएल: कर्णालीले जनकपुरलाई ३ रनले हरायो
अन्तिम खेलमा जनकपुरविरुद्ध कर्णाली विजयी
आकर्षक छुट र सुविधासहित यामाहा नेपालद्वारा ‘यामाहा ब्लू क्याम्प’ घोषणा
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
एनपिएलमा आज : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
प्रतिक्रिया