कोरोनाबाट ५० लाख जनाले गुमाए ज्यान

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) महामारीबाट विश्वभरमा ५० लाखभन्दा बढीको मृत्यु भएको छ । चीनको हुबे प्रान्त वुहान शहरबाट करिब दुई वर्षअघि फैलिएको कोरोनाका कारण विश्वभर ५० लाखभन्दा बढीको मृत्यु भएको एएफपी समाचार समितिले जनाएको छ ।
चालिस लाख व्यक्तिको मृत्यु दर्ता भएको करिब चार महिनापछि दिइएको जानकारीअनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या ५० लाख नाघेको हो । विश्वका अर्बौं मानिसले कोरोनाविरुद्धको खोप लगाएकाले मृत्युदर दरमा केही कमी आएको छ ।
यद्यपि, युरोपमा दुई महिनायता पहिलोपटक कोभिड–१९ का संक्रमित र मृत्युको संख्या बढिरहेको विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले गत बिहीबार जारी पत्रकार सम्मेलनमा बताएका थिए ।
रुसमा हाल संक्रमण र मृत्यु हुनेको नयाँ रेकर्ड कायम भएको छ । गत अक्टोबर २० देखि औसतम दैनिक हजारभन्दा बढी भएको मृत्यु हुँदै आएको छ । रुसमा कोरोना संक्रमणका कारण गत नोभेम्बर १ सम्ममा दुई लाख ३९ हजार ६९३ जनाको मृत्यु भइसकेको छ ।
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया