कांग्रेस महाधिवेशन मेरो हातमा छैन : सभापति देउवा

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको १४ औँ महाधिवेशन समयमै गर्ने कि नगर्ने भन्ने कुरा आफ्नो हातमा नरहेको बताएका छन् । कांग्रेस भक्तपुरले आज आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उनले निर्धारित समयमै महाधिवेशन होस् भन्ने आफ्नो चाहना भए पनि आफूले चाहेर मात्रै नहुने बताए ।
“समयमै महाधिवेशन हुनुपर्छ भन्ने मेरो पनि चाहना हो, तर महाधिवेशन अब पार्टी सभापतिको हातमा छैन, कहिले गर्ने भन्ने निर्वाचन समितिको हातमा छ,” उनले भने । निर्वाचन समितिलाई मंसिरभित्रै सबै काम सक्नुस् भनेको उल्लेख गर्दै उनले समितिले छिटो काम सके महाधिवेशन समयमै हुन्छ, तोकेकै मितिमै हुने बताए ।
कसैको पनि कुरा नसुनि महाधिवेशनको तयारीमा लाग्न प्रधानमन्त्री देउवाले सबैलाई आग्रह गरे । उनले भने, “जसले जे भने पनि नपत्याउनुस्, महाधिवेशन निर्धारित समयमै हुन्छ, स्थानीय तहदेखि नै सकेसम्म सर्वसम्मतरूपमा नेतृत्व चयन गर्नुस्, सर्वसम्मत हुँदै भएन भने मात्रै स्वस्थ प्रतिस्पर्धामा जानुस् ।”
पाटीर्को अधिवेशनमा जित–हार हुन्छ तर यसलाई दुश्मनीका रूपमा लिन नहुने बताउँदै देउवाले भने, “पार्टी अधिवेशन आउँदैछ, सर्वसम्मत रूपमा पार्टी सभापति छान्नुस्, जित हार हुन्छ, हार्नेले जित्नेलाई सहयोग र जित्नेले हार्नेलाई सहयोग गर्नुपर्छ, जित–हारबाट दुश्मनी नबढोस् ।”
यस्तै, उनले कोभिड–१९ को संक्रमणबाट जोगिन कोरोनाविरुद्धको खोप तेस्रोपटक लगाउन आम जनतालाई आग्रह गरेका थिए ।
कार्यक्रममा बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णलाल भँडेल, जिल्ला सभापति दुर्लभ थापा, उपसभापति हरि नेपाल, सचिव उद्धव सिलवाललगायतले लोकतन्त्रको रक्षाका लागि पार्टी एक ढिक्का भएर जानु पर्नेमा जोड दिए ।
















अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
रुसी पूर्वमन्त्री पोपोभलाई १९ वर्ष जेल सजाय
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ
टोखामा बिस्केट जात्रा अगामी वैशाख १ देखि ४ गतेसम्म मनाइने
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया