पटका पड्काउँदा दिल्लीमा प्रदूषण, बालबालिका बढी प्रभावित
काठमाडौँ । भारतको दिल्ली क्षेत्रमा भएको प्रदूषणले बालबालिका बढी प्रभावित भएको पाइएको छ । विज्ञ तथा सरोकारवालाले प्रदूषणबाट बालबालिकालाई दीर्घकालीन असर पर्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
वायु प्रदुषणको असर बालबालिकामा अहिलेभन्दा पछि बढी देखिने सर गङ्गाराम अस्पतालका डा धीरेन गुप्ताको भनाइ छ । “बालबालिकामा प्रदूषणको असर अहिले के देखिएको छ र ? त्योभन्दा बढी असर त पछि देखिन्छ, त्यसैले यो धेरै गम्भीर र दुरगामी समस्या हो”, उनले भने ।
बालबालिकामा यसले पार्ने असरका बारेमा चिन्ता, चासो र गाम्भीर्यता अधिकांशमा नदेखिनु अर्को चिन्ताको विषय भएको उहाँको टिप्पणी छ । उनले विशेष गरेर बालबालिकामा स्वासप्रस्वाससँगै मानसिक समस्या पनि देखिन सक्ने बताए । साथै आँखा पिरो हुने र घाँटी चिलाउने असर तत्काल नै देखिएको र त्यस्ता बिरामी आउने गरेको उनले जानकारी दिए ।
भारतको राष्ट्रिय राजधानीसमेत रहेको नयाँ दिल्लीमा दीपावलीका पटाकाका कारण शुक्रबारदेखि वायु प्रदूषण फेरि खतरनाकपूर्ण अवस्थामा पुगेको छ । प्रतिबन्ध लगाइए पनि सहरभरि मानिसले बिहीबार राति अबेरसम्म पटाकाहरू पट्काएका कारण आकाश नै धुम्म परेको अधिकारीको भनाइ छ ।
सवारीसाधन, औद्योगिक उत्सर्जन, धुलो र मौसमका कारण पछिल्ला केही वर्षदेखि भारतको नयाँ दिल्ली विश्वको सबैभन्दा प्रदूषित राजधानीका रूपमा चिनिँदै आएको छ । हिउँदमा छिमेकी राज्यमा जलाइएका परालका धुवाँका कारण पनि दिल्लीको वायु विषाक्त बन्ने गरेको छ ।
सरकारी वायु गुणस्तर मापन अधिकारीहरूले त्यहाँको प्रदूषण कणको ३५ प्रतिशत जलाइएका परालहरूका कारण भएको र त्यो बढ्दै जाने अनुमान गरेका छन् । दिल्ली मात्रै नभई भारतका अरु पनि धेरै शहरहरु अति प्रदूषित शहरमा पर्दछन । संसारका सबैभन्दा धेरै प्रदूषित ३० सहरमध्ये २२ वटा शहर भारतमै रहेका छन ।
भारतका प्रदूषित वायुका कारण बर्सेनि १० लाख मानिसको मृत्यु हुने विभिन्न तथ्याङ्कहरुले देखाउने गरेका छन् ।
















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर: डलरको मुल्य घट्यो
कांग्रेसले अब सङ्ख्याभन्दा प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिन्छः सभापति थापा
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
इरान युद्ध र ट्रम्पको अल्टिमेटमबारे रुस र चीनका विदेशमन्त्रीको वार्ता
प्रतिक्रिया