नेकपा एसले बोलायो पार्टी केन्द्रीय कमिटी बैठक

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको दोस्रो बैठक कात्तिक २७ र २८ गते ललितपुरमा बस्ने भएको छ ।
देशभर संगठन विस्तारमा भइरहेको अवस्थाबारे समीक्षा हुने उक्त बैठकमा केन्द्रीय नेताको जिम्मेवारीअनुसार कार्यप्रगति, आगामी दिनमा पार्टीले सञ्चालन गर्ने राजनीतिक गतिविधि तथा अभियान, मुलुकको समसामयिक राजनीतिक अवस्थाकाबारे छलफल, वर्तमान अवस्थामा पार्टीले निर्वाह गर्नु पर्ने भूमिकाबारे छलफल गरिने प्रचार विभाग प्रमुख तथा उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।
ललितपुर सानेपास्थित हेरिटेज गार्डेनमा २७ गते बिहान ११ बजे पार्टी अध्यक्ष माधवकुमार नेपालले बैठकको उद्घाटन गर्ने भएका हुन् । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारको नेतृत्व गर्दा गत पुस र जेठमा प्रतिनिधिसभा विघटन गरेपछि वैचारिक रुपमा असहमति राखेर सो पार्टीबाट विद्रोह गरी पूर्वप्रधानमन्त्री नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) गठन भएको हो ।

















क्रिकेटर करण केसीले गरे बिहे
मतदान सकिएको २४ घण्टाभित्रै मतपरिणाम सार्वजनिक गर्ने तयारी
मिथिलाञ्चलमा आजदेखि होली
झापामा पूर्वसभामुखलाई रविले भने – ‘कुन मुखले भोट माग्दै हुनुहुन्छ ?’
PM Karki addresses 61st Session of Human Rights Council: Reaffirms Nepal’s unflinching commitment to advancing human rights
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
सम्बोधनअघिको दबाबमा ट्रम्प
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
हार्ने भएपछि रास्वपा चुनाव भाँड्न थाल्यो : एमाले
प्रतिक्रिया