गृहमन्त्री खाँणको निर्देशन : व्यवसाय गर्न सहज वातावरण बनाइदिनु

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले व्यापार व्यवसायका लागि सहज वातावरण बनाइदिन प्रदेश २ को सुरक्षा निकायलाई निर्देशन दिएका छन् । मंगलबार जनकपुर उद्योग वाणिज्य संघको ज्ञापन पत्र बुझ्दै उनले उद्योग व्यवसाय गर्न सहज वातावरण बनाउन प्रदेश २ को सुरक्षा निकायलाई निर्देशन दिएका हुन् ।
मन्त्री खाँणले उद्योग क्षेत्रमा राष्ट्रव्यापी रुपमा समस्याहरु देखा परेकाले ती समस्याहरूलाई समाधान गर्न वर्तमान सरकार तत्पर रहेको बताए । उनले माल, समान ल्याउने क्रममा व्यापारीलाई अनावश्यक रुपमा दुःख नदिन सुरक्षा निकायका प्रतिनिधिलाई आग्रह गरे ।
उनले भाषा, संस्कृतिको विकासका लागि समेत सरकार गम्भीर रहेको बताउँदै भाषा र संस्कृतिलाई सरकारले सम्मान गरेको धारणा राखे । ‘वर्तमान सरकार सबै समुदायलाई सम्मान गर्दछ, र उद्योगी, व्यवसायीको स्वतन्त्र उद्योग, व्यवसाय सञ्चालन गर्न जुन माग गर्नु भएको छ,’ उनले भने, ‘त्यसमा सरकार सकारात्मक छ, र स्थानीय प्रशासनले, सुरक्षा निकायले उहाँहरुलाई उद्योग, व्यवसाय सञ्चालनमा अवरोध गर्ने होइन की सहयोग गर्नु पर्दछ ।’
उनले राष्ट्रिय राजनीतिक मूलधारमा नआएका पार्टीहरूसँग संवाद र छलफल गरी राजनीतिक मूलधारमा ल्याउने काम भइरहेको जानकारी दिए । उनले वर्तमान राजनीतिक परिस्थितिलाई सहजिकरणको दिशामा अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।












निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
प्रतिक्रिया