एमसीसीबारे माओवादी केन्द्रको बैठकमा प्रचण्डमाथि प्रश्न

काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रले यथास्थितिमा मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पास नगर्ने निर्णय गरेको छ । मंगलबार बसेको स्थायी समिति बैठकमा नेताहरूले अर्थ मन्त्रालय, प्रधानमन्त्री शेरबहादुर देउवा र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीलाई लेखेको पत्रमाथि प्रश्न गरेका थिए ।
एक साताको विदेश भ्रमणबाट फर्किएलगत्तै प्रधानमन्त्री देउवाले एमसीसी पास गर्न आफू र प्रचण्डले पत्र पठाएको बताएका थिए । प्रधानमन्त्रीको उक्त भनाईसँगै पुनः चर्चामा आएको एमसीसीबारे माओवादी केन्द्रका नेताहरुले मंगलबारको बैठकमा प्रश्न गरेका थिए । बैठकमा नारायणकाजी श्रेष्ठ, देव गुरुङ, लीलामणि पोखरेललगायत नेताहरूले पत्र पठाउनु गल्ती भएको बताउँदै प्रचण्डमाथि प्रश्न गरेका थिए ।
बैठकपछि माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले राष्ट्रिय सहमति र सम्झौतामा संशोधन तथा परिमार्जन नभई एमसीसी पास नहुने बताएका थिए ।
‘हाम्रो पार्टीमा केही कुरा राष्ट्रिय सहमति कायम नभई र केही संशोधन, परिमार्जन नभई अगाडि नबढाउने भन्ने भएको छ,’ प्रवक्ता महराले भने, ‘एमसीसीको कतिपय कुराहरु आपत्तिजनक छन्, त्यसमा परिमार्जन नभई अगाडि बढाउन सकिदैन् ।’
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया