नेपाल बन्दले कैलालीका चार स्थानीय तहमा कांग्रेस पालिका अधिवेशन स्थगित
कैलाली । कैलालीका चार स्थानीय तहमा नेपाली कांग्रेसको पालिका अधिवेशन मंगलबारका लागि स्थगित भएको छ । धनगढी उपमहानगरसहित कैलालीका चार स्थानीय तहमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा समूहले गरेको एक दिने नेपाल बन्द र मतदाता नामावली प्रिन्टमा ढिलाई हुँदा अधिवेशन स्थगित भएको जनाइएको छ ।
नेपाली कांग्रेस कैलाली जिल्लाका पार्टी सभापति नरनारायण शाह ’मनु’ले धनगढी उपमहानगर, गौरीगंगा, घोडाघोडी र भजनी नगरपालिकाको अधिवेशन स्थगित भएको जनाएका छन् । शाहले भने, “बन्दका कारण सबै उम्मेदवार र मतदाता उपस्थित हुन नसक्ने अवस्था देखियो । त्यसैले स्थगित गर्नु पर्यो ।”
यस्तै, गोदावरी, चुरे, मोहन्याल, कैलारी, जोशीपुर, बर्दगोरिया, लम्की, जानकी र टीकापुर पालिकाहरूमा भने अधिवेशन भइरहेको छ । उनका अनुसार चार नगरमा भोलि बिहान ८ बजेदेखि मात्रै नगर अधिवेशन हुने छ ।
कांग्रेसको पालिका अधिवेशनपछि मंसिर ३ गते प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन हुने छ । मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन सम्पन्न भएपछि मंसिर १० गते जिल्ला अधिवेशनका लागि मिति तोकिएको छ । कैलाली कांग्रेसले वर्तमान सभापतिको अध्यक्षतामा एक हजार ५ सय १ सदस्यीय जिल्ला अधिवेशन मूल व्यवस्थापन समिति गठन गरेको जनाएको छ ।
















दाङमा पर्खालमा च्यापिएर एक जनाको मृत्यु, एक जनाको अवस्था गम्भीर
सिरहाबाट १९ केजी गाँजासहित एक युवक पक्राउ
Legendary singer Asha Bhosle passes away
हाइटीको सिटाडेल लाफेरियरमा भएको भीडभाडपछि उत्पन्न भागदौडमा ३० जनाको मृत्यु
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
प्रतिक्रिया