यती एयरलाइन्सको अफरमा खत्री बने भाग्यशाली विजेता

काठमाडौं । यती एअरलाइन्सले सञ्चालन गरेको धमाकेदार दशैं तिहार अफरमा जीतबहादुर खत्री भाग्यशाली विजेता बनेका छन् ।
यतीले घटस्थापनादेखि छठ पर्वसम्म यात्रा गर्ने यात्रुका लागि सञ्चालन गरेको धमकेदार दशैं तिहार अफरको भाग्यशाली विजेता खत्री बनेका हुन् ।
बिजेता खत्रीले पोखरा–काठमाडांैको उडान गरेका थिए । यती एअरले काठमाण्डौमा आयोजना गरेको लक्की ड्र बाट खत्री विजयी बनेका हुन् ।
विजेता बनेसँगै खत्रीले रु दुई लाख ६७ हजार ९०० मूल्य बराबरको यामाहा फसिनो एफआई १२५ स्कुटर प्राप्त गरेका छन् ।
यती एअरलाइन्समा यात्रा गर्ने यात्रुहरु मध्येबाट ३ जना भाग्यशाली विजेता छानिने घोषणा गरेअनुसार बुधबार ३ जना बिजेता घोषणा गरेको एयरलाइन्सले जनाएको छ ।
यती धमाकेदार दशैं तिहार अफरको दोस्रो भाग्यशाली विजेता धुब्रराज भट्टराई बनेका छन् । भट्टराई दोस्रो विजेता बनेसँगै एक जोडीका लागि काठमाडौँ–दुवई–काठमाडौंको दुईतर्फी फ्रि हवाई टिकट प्राप्त गरे ।
यस्तै, तेस्रो भाग्यशाली विजेता बनेका सरुप्य सत्यालले हिराको टप प्राप्त गरेका छन् ।
यती एअरलाइन्सले सञ्चालन गरेको धमाकेदार दशैं तिहार अफरअन्तर्गत ३५ दिनमा एक लाख ७ हजार ५५ जनाले यती एअरलाइन्समार्फत् देशका विभिन्न गन्तव्यस्थलमा यात्रा गरेको एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

















नगदसहित सिरहा क्षेत्र नं. ३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ
शंकास्पद वस्तुसहित पर्सा क्षेत्र नं. २ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ
इरानी आक्रमणमा मारिएका चार अमेरिकी सैनिकको पहिचान सार्वजनिक
साउदी अरेबियामा रहेको सीआईए स्टेशन इरानी ड्रोन आक्रमणमा
कतारमा संदिग्ध १० इरानी जासुस पक्राउ
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
इरानले आज फेरी गर्याे मध्यपूर्वका २७ अमेरिकी अड्डाहरूमा आक्रमण
खामेनीको मृत्युले विश्व तरंगित
मतदातालाई ओलीको भिडिओ सन्देश- तपाईंले एउटा बाटो रोज्नुपर्ने बेला आएको छ
प्रतिक्रिया