सोमबार, पुष ७, २०८२

सिभिल बैंकको अध्यक्षमा प्रतापजङ्ग पाण्डे चुनिए

मेरोन्यूज २०७८ मंसिर १ गते २१:४१

काठमाडौं । सिभिल बैंकको अध्यक्षमा प्रतापजङ्ग पाण्डे चयन भएका छन् । बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले पाण्डेलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो ।
बैंक अध्यक्ष चयन भएपश्चात प्रतापजङ्ग पाण्डेले सर्वसम्मत रुपमा बैंकको अध्यक्ष पदमा चयन गरी थप जिम्मेवारी प्रदान गर्ने सबै संचालकलाई धन्यवाद दिएका थिए ।
नवनियुक्त अध्यक्ष पाण्डेले बैंकलाई थप प्रभावकारी रुपमा अगाडि बढाउन सबै पक्षको सहयोगको अपेक्षा गरेका छन् ।
पाण्डेको नेतृत्वमा बैंकलाई थप उचाईमा पुर्याउनका लाथि थप मद्दत मिल्ने र यसका लागि आफूहरुको साथ सहयोग रहने सञ्चालक समितिका सदस्यहरुले बताए ।

प्रतिक्रिया