८९.७० प्रतिशत जनसंख्या विद्युतको पहुँचमा

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले सबै नेपाली नागरिकको घरमा बिजुली गुर्याउने बताएको छ । विद्युत प्राधिकरणले सूचना जारी गर्दै चालु आर्थिक वर्षमा सबैको घरमा विद्युत् पुर्याउने बताएको हो ।
प्राधिकरणका अनुसार देशभर कुल ६२ लाख १८ हजार ३ सय ९५ घरधुरी रहेकोमा तीमध्ये ८९.७० प्रतिशत जनसंख्या राष्ट्रिय प्रसारण लाइनको पहुँचमा गुगेका छन् ।
प्रदेश १ मा ८६.९५ प्रतिशत, प्रदेश २ मा ९९.६६ प्रतिशत, वाग्मतीमा ९५.९१ प्रतिशत, गण्डकीमा ९५.६८ प्रतिशत, लुम्बिनीमा ९४.९१ प्रतिशत, कर्णालीमा ४३.८७ प्रतिशत र सुदूरपश्चिममा ७१.०७ प्रतिशत घरधुरीमा बिजुली पुगेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणको तथ्यांकअनुसार विद्युत् पहुँचमा प्रदेश २ सबैभन्दा अगाडि छ भने कर्णाली प्रदेश सबैभन्दा पछाडि रहेको छ । कर्णाली प्रदेशका चार जिल्लामा विद्युत् सेवा पुग्न सकेको छैन । ती जिल्लामा केन्द्रीय प्रसारण लाइनको बिजुली उपलब्ध गराइने विद्युत् प्राधिकरणले जनाएको छ ।
प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार ७५३ स्थानीय तहमध्ये ४७१ स्थानीय तहमा ९० देखि १०० प्रतिशत नै विद्युतीकरण भएको छ । यस्तै, ११३ स्थानीय तहमा ६५ देखि ९० प्रतिशत विद्युतीकरण भएको छ । ४५ स्थानीय तहमा ३५ देखि ६५ प्रतिशत, ६३ स्थानीय तहमा पाँचदेखि ३५ र ६१ स्थानीय तहमा पाँच प्रतिशतको हाराहारीमा मात्रै बिजुली उपलब्ध भएको छ । अझै १०.३ प्रतिशत नागरिक बिजुलीबाट बञ्चित रहेको प्राधिकरणको सूचनामा उल्लेख गरिएको छ ।

















नगदसहित सिरहा क्षेत्र नं. ३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ
शंकास्पद वस्तुसहित पर्सा क्षेत्र नं. २ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ
इरानी आक्रमणमा मारिएका चार अमेरिकी सैनिकको पहिचान सार्वजनिक
साउदी अरेबियामा रहेको सीआईए स्टेशन इरानी ड्रोन आक्रमणमा
कतारमा संदिग्ध १० इरानी जासुस पक्राउ
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
इरानले आज फेरी गर्याे मध्यपूर्वका २७ अमेरिकी अड्डाहरूमा आक्रमण
खामेनीको मृत्युले विश्व तरंगित
मतदातालाई ओलीको भिडिओ सन्देश- तपाईंले एउटा बाटो रोज्नुपर्ने बेला आएको छ
प्रतिक्रिया