बुधबार, फागुन २०, २०८२

ब्रिटिस कलेजका ४१९ विद्यार्थी दीक्षित

मेरोन्यूज २०७८ मंसिर ८ गते १७:२४

काठमाडौँ । ब्रिटिस कलेजका ४ सय १९ जना विद्यार्थी दीक्षित भएका छन् । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको टीबीसीमा लिड्स बेकेट युनिभर्सिटी (एलबीयु) तथा द युनिभर्सिटी अफ वेष्ट इंग्ल्याण्ड (यूडब्लुई)को सम्बन्धनमा अध्यायनरत विद्यार्थीहरु दिक्षित भएका हुन् ।

ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त शैक्षिक संस्था द ब्रिटिस कलेज (टीबीसी)ले हायात रिजेन्सी होटलमा कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई दीक्षित गरिएको छ । सम्पन्न दिक्षान्त समारोहलाई दुई भागमा बिभाजन गरिएको थियो।

कोरोनाकै कारण उपस्थित हुन नसकेका कलेजका सल्लाहकारहरु जोन एडवर्ड होलिस्टर मोन्टागु, माइकल रुटल्याण्ड, प्रोफेसर फर्गस लियोन लगायतले दिक्षान्त समारोहलाई भर्चुअल्ली सम्बोधन गरेका थिए ।

त्यस्तै, युनिभर्सिटी अफ वेस्ट अफ इंग्ल्याण्डका भाइस चान्सलर तथा अध्यक्ष स्टीभ वेस्ट– सीबीइ, लिड्स बेकेट युनिभर्सिटीका प्रोफेसर तथा प्रो भाइस चान्सलर जिन किए, ब्रिटिस कलेजका एक्जिक्यूटिभ प्रिन्सिपल डा. मेरी बिशपले पनि स्वागत मन्तब्य राख्दै दीक्षित विद्यार्थीहरुलाई बधाई दिएका थिए । कलेजका सल्लाहकार डा. अर्जुन कार्की लगायत भने व्यक्तिगत रूपमै उपस्थित भएका थिए ।

सोही कार्यक्रमको लागि कलेजका कार्यकारी निर्देशक तथा संस्थापक राजन कँडेल बेलायतबाट नेपाल आएका थिए।

कोरोना महामारीको कारण गत वर्ष भर्चुअलरुपमा कार्यक्रम गरी दीक्षित गरिएको थियो ।

Advertisement
nepal life insurencenepal life insurence

प्रतिक्रिया