सिटिजन्स बैंक डिजिटल बैंकिङ्गमा अग्रसर

काठमाडौं । सिटिजन्स बैंकले मोबाइल बैंकिङ्ग मार्फत सीआएन तथा डिम्याट नम्बर बिबरण हेर्ने सुबिधाको सुरुवात गरेको छ ।
बैंकले आफ्ना बैंकिङ्ग सेवाहरु मोबाइल फोन तथा वेब ब्राउजरका माध्यमबाट समेत प्रयोग गर्न मिल्ने गरी ओम्नी च्यानलमा स्त्तरोन्नती गरे पश्चात यो सेवाको सुरुवात गरेको हो ।
यो सेवा प्रारम्भ भएसँगै ग्राहकलाई प्राथमिक शेयर निश्कासनको समयमा आवश्यक सीआएन नम्बर सम्झिरहनुपर्ने झण्झटबाट मुक्त हुने विश्वास बैंकले गरेको छ ।
हालको मोबाइल बैंकिङ्ग एपलाई स्तरोन्नती गर्दै बैंकले सिटिजन्स बैकमा खाता भएका एवं नभएका ग्राहकहरुलाई समेत लक्षित गर्दै बिना चेक इ–क्यास पठाउने, रकम जम्मा गर्न तथा इ–भौचर प्रयोग गर्ने लगायतका सुबिधा समेत थप गरेको बैंकले जनाएको छ ।
साथै ग्राहकहरुले मुद्दति खाता खोल्ने, खाताको विवरण हेर्ने, रकमान्तर गर्ने, अनलाइन भुक्तानी गर्ने, क्यूआर कोडमार्फत भुक्तानी गर्ने लगायतका उपयोगी सेवा प्राप्त गर्न सक्नेछन् ।
अब सिटिजन्स बैंकका ग्राहकहरुले मोवाइल वा कम्प्यूटरका माध्यमबाट घरमै बसिबसि बिभिन्न बैंकिङ्ग सेवाहरु सहज रुपमा प्राप्त गर्न सक्ने बिश्वास बैंकले लिएको छ ।

















ललितपुरमा दुई स्थानमा अस्थायी मतदान केन्द्र
निर्वाचनमा धार्मिक सद्भाव बिथाेल्न खाेज्ने तीनजना सुतली बमसहित पक्राउ
नगदसहित सिरहा क्षेत्र नं. ३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ
शंकास्पद वस्तुसहित पर्सा क्षेत्र नं. २ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ
इरानी आक्रमणमा मारिएका चार अमेरिकी सैनिकको पहिचान सार्वजनिक
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानले आज फेरी गर्याे मध्यपूर्वका २७ अमेरिकी अड्डाहरूमा आक्रमण
खामेनीको मृत्युले विश्व तरंगित
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
मतदातालाई ओलीको भिडिओ सन्देश- तपाईंले एउटा बाटो रोज्नुपर्ने बेला आएको छ
प्रतिक्रिया