नेप्से परिसूचक आज पनि ओरालो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झिनो अंकले ओरालो लागेको छ । लगातार ओरालो लागिरहेको नेप्से शेयर कारोबार हुने साताको अन्तिम दिनसमेत ओरालै लागेर बन्द भएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३.२२ अंकले घटेर दुई हजार ७३१.७८ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४५ अंकले बढेर ५१५.६४ मा पुगेको छ ।
नेप्सेको ओरालो यात्रासँगै कारोबार रकमसमेत सस्तोमा नै सीमित भएको छ । कूल २३३ कम्पनीको ७४ लाख ८६ हजार ५७५ कित्ता शेयर तीन अर्ब ७८ करोड ९७ लाख नौ हजार ३३१ मूल्यमा खरिद बिक्री भए । बिहीबारको कारोबारपछि बजार पूँजीकरण ३८ खर्ब ३४ अर्ब बराबर पुगेको छ ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर उकालो लाग्दा १० उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ ९.७७, होटल तथा पर्यटन २५.६६ र अन्य १९.५१ अंकले बढेको छ । व्यापार ४३.१६, विकास बैंक ७०.८७, जलविद्युत् २७.४८, वित्त २.०३, निर्जीवन बीमा १५६.८४, उत्पादन २९.१, लघुवित्त ५१.४१, जीवन बीमा २३.२६, सामूहिक लगानी कोष ०.०२ र लगानी ०.४९ अंकले ओरालो लागेको छ ।
कारोबारका आधारमा आज नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २६ करोड ५७ लाख १३ हजार ७३६ बराबरको कारोबार भयो । यस्तै महालक्ष्मी विकास बैंक १६ करोड २१ लाख ८४ हजार ७१०, सिभिल बैंक १४ करोड ७९ लाख १८ हजार ८३६, साना किसान बैंक १० करोड चार लाख ९७ हजार ७१० र नबिल बैंक १० करोड एक लाख ६७ हजार ३७६ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
त्यस्तै मानुषी लघुवित्त ६.९३, साना किसान विकास बैंक ५.०८, कर्णाली डेभलपमेन्ट बैंक ४.९५, कुमारी बैंकको ऋणपत्र ४.४१ र हिमाल दोलखा हाइड्रोपावरका लगानीकर्ताले ३.८२ प्रतिशतले गुमाए ।










यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
टी-२० विश्वकपका लागि २४ सदस्यीय प्रारम्भिक टोली घोषणा
मुक्तिनाथ कृषि कम्पनीको विक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया