हेलिकप्टरबाट उपकरण ढुवानी गरी मोबाइल सेवा उपलब्ध गर्दै टेलिकम

काठमाडौँ । नेपाल टेलिकमले विकट र दूर्गम वस्तीहरुमा हेलिकप्टरबाट उपकरण ढुवानी गरी मोबाइल सेवा उपलब्ध गराइरहेको छ । टेलिकमले अत्यन्त दूर्गम र विकट स्थानमा रहेका वस्तीहरुमा हेलिकप्टरबाट उपकरण ढुवानी गरी मोबाइल सेवा उपलब्ध गराइरहेको हो ।
टेलिकमका प्रवक्ता राजेश जोशीका अनुसार टेलिकमले दूर्गम र विकट स्थानमा दूरसञ्चार र सूचना प्रविधिको पहुँच पुर्याउन दशकौं अगाडिदेखि परिवहनका विभिन्न उपायहरु अपनाउँदै आएको छ । हेलिकप्टरबाट उपकरण ढुवानी गरी यस आर्थिक वर्षमा अति दुर्गम र विकट ८ स्थानहरुमा जिएसएम टुजी र फोरजी सेवा प्रवाह गरेको टेलिकमले जनाएको छ ।
प्रवक्ता जोशीका अनुसार सोलुखुम्बु जिल्लाको लुक्ला, स्याङबोचे (एयरपोर्ट), नाम्चेबजार र ताक्सिन्दु, गोरखा जिल्लाको छेकम्पार, बिही (गज्र्याङ डाँडा) र न्याक तथा मनाङ जिल्लाको ओडार भ्यु–प्वाइन्ट हेलिकप्टरबाट उपकरणहरु ढुवानी गरी नयाँ टावरबाट सेवा सञ्चालन गरिएको हो । यी टावरबाट कम्पनीले सेवाग्राहीलाई टुजी र फोरजी सेवा उपलब्ध गराएको छ ।

















नगदसहित सिरहा क्षेत्र नं. ३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ
शंकास्पद वस्तुसहित पर्सा क्षेत्र नं. २ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ
इरानी आक्रमणमा मारिएका चार अमेरिकी सैनिकको पहिचान सार्वजनिक
साउदी अरेबियामा रहेको सीआईए स्टेशन इरानी ड्रोन आक्रमणमा
कतारमा संदिग्ध १० इरानी जासुस पक्राउ
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानले आज फेरी गर्याे मध्यपूर्वका २७ अमेरिकी अड्डाहरूमा आक्रमण
खामेनीको मृत्युले विश्व तरंगित
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
मतदातालाई ओलीको भिडिओ सन्देश- तपाईंले एउटा बाटो रोज्नुपर्ने बेला आएको छ
प्रतिक्रिया