सोमबार, मंसिर २९, २०८२

सुनचाँदीको मूल्य घट्यो

मेरोन्यूज २०७८ मंसिर १५ गते १२:४०

काठमाडौँ । आज छापावाल सुनको मूल्य प्रतितोला ४०० ले घटेर ९१ हजार ५०० कायम भएको छ ।

पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९१ हजार ९००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार तोकिएको छ । त्यसको मूल्य मंगलबार प्रतितोला ९१ हजार ४०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले घटेर एक हजार २०० तोकिएको महासंघले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७७९ डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिक्रिया