नाडाको अध्यक्षमा थापाले गरे अध्यक्षको उम्मेदवारी घोषणा

काठमाडौँ । ‘अब बनाउनु छ नाडा, सबै अटोमोबिल्स व्यवसायीको साझा’ भन्ने नाराका साथ अटो व्यवसायीसँग ध्रुव थापाको प्यानलले छलफल तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा अध्यक्ष पदका उमेद्वार ध्रुव थापाले आफ्नो टिममा रहेका सदस्यका उमेद्वारहरुको परिचय गराएका थिए ।
नाडाका वर्तमान सदस्य तथा थापा प्यानेलबाट उम्मेदवारी दिएका कपिल शिवाकोटीले सञ्चालन गरेको कार्यक्रममा नाडाको नयाँ निर्वाचनले सबल, सक्षम, र सम्पूर्ण व्यवसायीको समस्या आफ्नै मानेर काम गर्न सक्ने व्यक्तिको खाँचो रहेको बताए । कार्यक्रममा उपस्थित पत्रकारलाई स्वागत गर्दै अध्यक्ष पदका प्रत्याशी थापाले आफ्ने टिमको प्रतिवद्धता सार्वजनिक गर्दै व्यवसायिक क्षमताको विषयमा प्रकाश पारेका थिए ए।
कार्यक्रममा बोल्दै थापाले भने, ‘हामीले सबै प्रदेशका साथीहरुसँग अन्तक्र्रिया गरेका छौँ, छलफलमा उठेका समस्यालाई सम्बोधन गर्न हामी प्रतिवद्ध रहेका छौँ ।’ थापा प्यानलको प्रतिबद्धता प्रदेश स्तरीय संरचनालाई अधिकार दिने, व्यवसायमैत्री वातावरण निमार्ण गर्न पहल गर्ने, नाडालाई अझ बलियो बनाउन विज्ञ टोलीको निर्माण गरी सरकारसँग प्रत्यक्ष र प्रभावकारी छलफल गर्ने आदि रहेका छन् ।
अध्यक्ष पदका उम्मेदवार थापाको प्यानलमा नाडाको वर्तमान कार्य समितिका आकाश गोल्छा, निराकार श्रेष्ठ, दिपक अग्रवाल, कपिल शिवाकोटी र शुभाशिष थपलिया रहेका छन् । यस्तै, यमुना श्रेष्ठलाई समावेश गरी नाडामा महिलासहितको समूह निर्माण गरेका छन् ।

















निर्वाचनमा धार्मिक सद्भाव बिथाेल्न खाेज्ने तीनजना सुतली बमसहित पक्राउ
नगदसहित सिरहा क्षेत्र नं. ३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ
शंकास्पद वस्तुसहित पर्सा क्षेत्र नं. २ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ
इरानी आक्रमणमा मारिएका चार अमेरिकी सैनिकको पहिचान सार्वजनिक
साउदी अरेबियामा रहेको सीआईए स्टेशन इरानी ड्रोन आक्रमणमा
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानले आज फेरी गर्याे मध्यपूर्वका २७ अमेरिकी अड्डाहरूमा आक्रमण
खामेनीको मृत्युले विश्व तरंगित
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
मतदातालाई ओलीको भिडिओ सन्देश- तपाईंले एउटा बाटो रोज्नुपर्ने बेला आएको छ
प्रतिक्रिया