शेयर बजार तेस्रो दिन पुनः गिरावट

काठमाडौं । नेप्से परिसूचक साताको तेस्रो दिन पनि दोहोरो अंकको गिरावट आएको छ ।
नेप्से सोमबार ३२.२२ अंकले बढेको शेयर बजार मापक नेप्से परिसूचकमा मंगलबार पुनः गिरावट आएको छ ।
मंगलबार नेप्से परिसूचक ३७.१८ अंकले घटेर २ हजार ५०८.९१ बिन्दुमा झरेको छ । मंगलबार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ६.८५ अंकले घटेर ४७४.१३ बिन्दुमा झरेको छ ।
मंगलबार कारोबारमा आएका २३१ कम्पनीको ८३ लाख ३० हजार ९३ कित्ता शेयर ३ अर्ब १२ करोड ८३ लाख ४१ हजार ७ सय रुपैयाँको शेयर कारोबार भएको छ ।
मंगलबार बजारसँगै कारोबार रकम समेत घटेको छ । सोमबार ४ अर्ब ५४ करोड २३ लाख ४५ हजार २७१ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
मंगलबारको कारोबारमा नेप्सेका १३ उपसमूहमध्ये व्यापार र म्यूचुअल फण्डबाहेक सबै उपसमूह घटेको देखिएको छ ।
बैंकिङ १३.५५, विकास बैंक १४०.९५, जलविद्युत ७४.६९, फाइनान्स ९०.०८, निर्जीबन बीमा १६०.९८, जीवन बीमा ७३.९४ उत्पादन तथा प्रशोधन ९२.०३, माइक्रोफाइनान्स समूहको उपसूचक ७२.५६ अंकले घटेको छ ।
मंगलबार कारोबारमा आएको आईसीएफसी फाइनान्सको शेयरमूल्य सबै भन्दा बढी ७.६५ प्रतिशत घटेको छ । त्यसरी कालिका माइक्रोफाइनान्स र सिनर्जी पावरको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ। कारोबार रकमका आधारमा प्राइम कमर्सियल बैंक शीर्ष स्थानमा रहेको छ ।
बैंकको १२ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । महालक्ष्मी विकास बैंक र अपि पावरको १० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

















ललितपुरमा दुई स्थानमा अस्थायी मतदान केन्द्र
निर्वाचनमा धार्मिक सद्भाव बिथाेल्न खाेज्ने तीनजना सुतली बमसहित पक्राउ
नगदसहित सिरहा क्षेत्र नं. ३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ
शंकास्पद वस्तुसहित पर्सा क्षेत्र नं. २ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ
इरानी आक्रमणमा मारिएका चार अमेरिकी सैनिकको पहिचान सार्वजनिक
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानले आज फेरी गर्याे मध्यपूर्वका २७ अमेरिकी अड्डाहरूमा आक्रमण
खामेनीको मृत्युले विश्व तरंगित
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
मतदातालाई ओलीको भिडिओ सन्देश- तपाईंले एउटा बाटो रोज्नुपर्ने बेला आएको छ
प्रतिक्रिया