अर्जेन्टिनाका स्ट्राइकर सर्जियो सन्यासको तयारीमा
मेरोन्यूज
२०७८ मंसिर २८ गते ११:४६

काठमाडौं । अर्जेन्टिनाका स्ट्राइकर सर्जियो अग्युरोले खेल जीवनबाट सन्यासको घोषणा गर्ने भएका छन् ।
स्वास्थ्य समस्याको कारण अग्युरोले सन्यासको तयारी गरेको बीबीसीले जनाएको छ । ३३ वर्षीय अग्युरो पछिल्लो समय चोट लागेर आराम गरिरहेका छन् ।
बार्सिलोनाका स्ट्राइकर अग्युरोले अक्टोबरबाट कुनै पनि खेल खेलेका छैनन् । पछिल्लो पटक उनले ३० अक्टोबरमा अल्भेसविरुद्ध खेलेका थिए । छातीमा समस्या देखिएपछि उनी त्यस खेलमा सब्सिच्युड भएका थिए ।
अग्युरो जारी सिजनमा भने बार्सिलोनामा अनुबन्धित भएका थिए । अग्युरोले बार्सिलोनासँग दुई वर्षे सम्झौता गरेका थिए । सिटीमा १० वर्ष बिताएर अग्युरो स्पेन आएका हुन् ।
अग्युरोले सिटीका लागि ३ सय ९० खेलमा २ सय ६० गोल गरेका छन् । अग्युरो सिटीका सर्वाधिक गोलकर्ता खेलाडी हुन् ।
अग्युरोले सिटीका लागि मुख्य १५ उपाधि जितेका छन् ।
सम्बन्धित









पूर्वसभामुख कृष्णबहादुर महरालाई २० लाख धरौटीमा छाड्न आदेश
टस जितेर जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै पोखरा
नेपालगञ्जमा अतिक्रमित घर टहरा हटाउन सुरु
एनपीएलमा सुदूरपश्चिमको लगातार चौथो जित
भ्रष्टाचारसम्बन्धी तीन मुद्दामा शेख हसिनालाई २१ वर्षको जेल सजाय
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
बलिउड अभिनेता धर्मेन्द्रको निधन
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त
प्रतिक्रिया