गुगललाई करिब १० करोड डलर जरिवाना तिर्न रुसको आदेश

काठमाडौँ । रुसी अधिकारीले ठूला विदेशी प्राविधिक कम्पनीविरूद्धको कारबाहीलाई अघि बढाउँदै गएको छ । अवैध सामग्रीहरू हटाउन नसकेको अभियोगमा विश्व प्रसिद्ध अमेरिकी कम्पनी गुगललाई रुसले जरिवाना गर्ने भएको हो ।
मस्कोको एउटा अदालतले शुक्रबार गुगललाई नौ करोड ८० लाख अमेरिकी डलर बराबरको जरिवाना गर्ने आदेश दिएको हो । जरिवानासम्बन्धी उक्त कुरा अदालतको प्रेस सेवाले टेलिग्राममार्फत् जानकारी गराएको हो । केही यूरोपेली मुलुकलेजस्तै गुगलले अवैध सामग्री राखेको भन्दै आपत्ति जनाउँदै यस्ता सामग्री हटाउन दबाब दिँदै आएको छ ।
इन्टरनेट सर्च, क्लाउड कम्प्युटिङ र विज्ञापनको क्षेत्रमा अत्यधिक लगानी गरेको गुगल संयुक्त राज्य अमेरिकाको एक बहुराष्ट्रिय सार्वजनिक कम्पनी हो । इन्टरनेटमा आधारित बहुसख्यक सेवा तथा उत्पादनहरूको आयोजना तथा विकास गरेर आफ्नो विज्ञापनिक कार्यक्रम ‘एडवर्ड्स’को माध्यमबाट नै गुगलले नाफा कमाउँछ ।









तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया