बिहीबार, फागुन २१, २०८२

सिटिजन्स बैंकमा कार्ड प्रयोग बिना नै रकम झिक्न सकिने

मेरोन्यूज २०७८ पुष २३ गते १७:२३

काठमाडौं । डिजिटल बंैकिङ्गलाई सधंै प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहक महानुभावहरुको लागि कार्ड लेस क्यास विथड्रल सेवाकोे सुरुवात गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

यो सुविधामार्फत सिटिजन्स बैंकका मोबाइल बैंकिङ्ग सुविधा लिएका ग्राहकहरुले बिना कार्ड एटिएमबाट पैसा निकाल्न सक्नेछन् । यस प्रविधिमा मोबाइलमा पासवर्ड प्राप्त गरि सो पासवर्ड (ओटीपी), निकाल्न खोजिएको रकम र मोबाइल नम्बर एटिएम मेसिनमा प्रविष्टि गरि पैसा निकाल्न सकिने छ ।

यो प्रविधि सरल एवं सहज हुनुका साथै आफूसँग कार्ड नभएको अवस्थामा समेत एटिएमबाट पैसा निकाल्न सकिने बैंकले जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले शुक्रबार एक समारोहकाबीच उक्त सेवाको उद्घाटन गरेका हुन् ।

कार्ड लेस क्यास विथड्रल सेवाकोे उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बिना कार्ड एटिएमबाट पैसा निकाल्ने प्रबिधि डिजिटल बंैकिङ्गको क्षेत्रमा एउटा महत्वपूर्ण कोसेढुङ्गा भएको बताए ।

बैंकले यसअघि मोबाइलबाटै खाताको बिबरण हेर्ने, बिभिन्न उपयोगी सेवको भुक्तानी गर्ने, रकमान्तर गर्ने लगायत नयाँ कार्ड तथा पिन अनुरोध गर्ने, मुद्दति खाता खोल्ने, कर्जा अनुरोध गर्ने, अनलाइन खाता खोल्ने, केवाईसी गर्ने जस्ता सुबिधा प्रदान गर्दै आइरहेको छ ।

सिटिजन्स बैंकले १७४ वटा शाखाहरुबाट करीब १३ लाख ग्राहकहरुलाई आधुनिक बैंकिङ्ग सेवा दिंदै आएको छ । सिटिजन्स बैंकले छिट्टै नै काठमाडौँ उपत्यकामा ६ वटा शाखा विस्तार गर्दैछ ।

प्रतिक्रिया