सञ्चारमन्त्री कार्कीको कोरोना रिपोर्ट नेगेटिभ
मेरोन्यूज
२०७८ पुष २५ गते १६:३७

काठमाडौँ । सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको कोरोना भाइरस (कोभिड–१९) को रिपोर्ट नेगेटिभ आएको छ । आज गरेको कोरोना परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो ।
उनको अर्को परीक्षण आगामी शुक्रबार हुने भएको छ । कोरोनाको दोस्रो परीक्षणअघि उनले नियमित भेटघाट बन्द गरेका छन् ।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्की सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकमा सहभागी हुँदै आएका थिए । शुक्रबार मात्रै बसेको सत्तारुढ दलका शीर्ष नेताहरु संलग्न उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा मन्त्री कार्की सहभागी थिए ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबारदेखि नै भेटघाट बन्द गरेका छन् ।
सम्बन्धित










महोत्तरीमा चिसोका कारण एक सातादेखि जनजीवन प्रभावित
कास्कीमा १७ हजार बढी नयाँ मतदाता थप
ओली र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता
एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त
प्रतिनिधिसभा निर्वाचनः नेकपाद्वारा रुपन्देही–३ बाट पाँच जना सिफारिस
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया