प्रधानमन्त्री कप क्रिकेट आजबाट, पहिलो दिन चार खेल हुँदै

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता सोमबारबाट सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुने खेलमा एकै दिन ४ खेल आयोजना हुनेछन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले एकदिवसीय फर्म्याटको यस प्रतियोगितालाई पहिलो पटक टी–२० फर्म्याटमा आयोजना गरेको हो । नेपाली टोलीले आगामी महिना ओमानमा आयोजना हुने आईसीसी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट खेल्ने भएसँगै प्रतियोगिता टी–२० आयोजना गरिएको हो ।
त्रिवि मैदानमा बिहान साढे ९ बजे हुने उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । त्रिविमै सवा १ बजे हुने दोस्रो खेलमा एपीएफ र प्रदेश २ खेल्नेछन् ।
मुलपानीमा बिहान साढे ९ बजे हुने खेलमा नेपाल पुलिस र सुदूरपश्चिम तथा दिउँसो सवा १ बजे सुरु हुने खेलमा बागमती प्रदेश र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।
माघ ५ सम्म चल्ने प्रतियोगितामा १० टोलीले सहभागीता रहनेछ । जसलाई २ समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए ’ मा त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर एक छन् । समूह ‘बी’ मा नेपाल एपीएफ क्लब, प्रदेश नम्बर दुई, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश छन् ।
दुबै समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश पाउनेछन् ।









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
प्रतिक्रिया