बलमिच्याई वन्द गर्न प्रधानमन्त्री ओलीलाई नेता नेपालको सुझाव

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोजिएको भन्दै सरकारको आलोचना गरेका छन् ।
उनले यसलाई सरकारको गैरजिम्मेवारीपन र अलोकतान्त्रिक कार्य भनेर टिप्पणी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले हालै संवैधानिक परिषदसँग सम्बन्धितसहित सात वटा अध्यादेश एकैदिन जारी गरेकी थिइन् ।
सरकारको सो कदमको विरोध गर्दै एमाले नेता नेपालले सामाजिक सन्जाल फेसबुकमा लेखेका छन्, ‘कोरोना (कोभिड–१९) भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्री हुनुको साटो बलमिच्याई गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य हो ।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले सरकारलाई गलत बाटोबाट नियुक्ति प्रयास बन्द गर्न र जनताको जीवन रक्षामा केन्द्रीत हुन आह्वानसमेत गरेका छन् ।
नेपालले भनेका छन्, ‘मुलुकमा उत्पन्न विषम परिस्थितिमा सरकार जनताप्रतिको आफ्नो मुख्य दायित्वबाट च्यूत हुन मिल्दैन । अतः गलत बाटोबाट गरिने यस्ता नियुक्ति प्रयासहरू तत्काल बन्द गर्न र जनताको जीवन रक्षामा ध्यान केन्द्रीत गर्न आव्हान गर्दछु ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संवैधानिक परिषदको बैठक बोलाएपछि त्यसको पूर्वसन्ध्यामा नेता नेपालको यस्तो अभिव्यक्ति आएको हो ।
















साफ यू-१९ महिला च्याम्पियनसिपमा भारतलाई उपाधि
इस्लामाबादको मस्जिदमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो
टी-२० विश्वकपः पाकिस्तानको विजयी सुरुवात
प्रधानमन्त्री कार्कीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
राष्ट्रिय महिला क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
प्रतिक्रिया