पदकमा मनपरी : प्रस्तावभन्दा १० गुणा बढीलाई प्रदान

काठमाडौँ । संविधान दिवसको अवसर पारी सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९ सय ३ जनालाई विभिन्न पदकबाट विभूषित गरेसँगै विवाद उत्पन्न भएको छ । अघिल्ला वर्षहरूमा सरकारले दिँदै आएको पदक आवश्यकभन्दा बढी भएको भन्दै रोक्ने प्रयास भएको थियो ।
सरकारले २०७६ फागुन १८ गते ‘विभूषण ऐन २०७६’ जारी गरी विभूषण गरी पदक प्रदान गर्न विधेयक नै ल्याएको थियो । उक्त विधेयकअनुसार कूल ९५ जनालाई मात्रै विभूषण गरी पदक प्रदान गर्नु पर्ने व्यवस्था रहेको छ । गृह मन्त्रालयले पेश गरेको उक्त विधेयकबारे थप काम अगाडि बढाएको छ ।
सो ऐनमार्फत अलंकार पदकबाट २७ जना, मान पदावीबाट २० जना, पदकबाट ४८ जना र विपद उद्धार पदकबाट केही व्यक्तिलाई विभूषित गर्न सकिने व्यवस्था गरिएको छ । पदक वितरणलाई नियन्त्रण गर्न लागिपरेको सरकारले गत वर्ष कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीलाई हाैसला दिने उद्देश्यले ऐनमा तोकिएभन्दा बढीलाई पदकमार्फत विभूषित गरिएको थियो ।
राष्ट्रिय गौरवका काम गर्ने व्यक्तिहरूलाई दिनु पर्ने पदक आफन्तलाई दिएको, आवश्यकभन्दा बढीलाई वितरण गरेको, आफ्ना नजिकका व्यक्तिलाई पदक प्रदान गर्ने प्रचलन रहेको भन्दै विवाद उत्पन्न भएको देखिएको छ । सरकारले पदकमा मनपरी गरेको भन्दै नियन्त्रण गर्न विभूषण ऐन ल्याएको हो । तर, सरकारले आफ्नै नीति नियम उल्लघंन गरेको पाइएको छ ।
‘राष्ट्रिय जीवनका विभिन्न विशिष्ठ योगदान पुर्याई मुलुकको श्रीवृद्धि गर्ने व्यक्तिलाई राज्यको तर्फबाट प्रदान गरिने विभूषण, उपाधि वा सम्मानसम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न वाञ्छनीय भएकाले,’ ऐनको प्रस्तावनाम नै उक्त वाक्य उल्लेख गरिएको छ । यसअघि सरकार आवश्यकताभन्दा बढी व्यक्तिलाई विभूषण गरी पदक दिँदा राज्यलाई आर्थिक भार पर्ने भन्दै सीमित व्यक्तिलाई मात्रै विभूषण गरी पदक दिने गरी ऐन जारी गरेको हो ।
तर, सरकारले आइतबार सम्पन्न संविधान दिवसमार्फत ऐनमा भएको भन्दा करिब १० गुणा बढी अर्थात ९०३ जनालाई पदक दिएको छ । जसमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल, चर्चित लोक दोहोरी गायिका विष्णु माझी, नयाँ पत्रिकाका प्रधानसम्पादक कृष्णज्वाला देवकोटा, सरकारलाई करिब २ अर्ब ५० करोड रुपैयाँ विद्युतीय भुक्तानी दिन बाँकी रहेका जगदम्बा स्टिलका सञ्चालक साहिल अग्रवालसहित विभिन्न पेशा तथा व्यवसायमा आवद्ध भएकाहरूलाई प्रदान गरेको छ ।
उता, खोलाको भेलमा आफ्नो ज्यान जोखिममा राखेर मनाङमा कोरोना भाइरस (कोभिड–१९)विरुद्ध खोप तार्ने डाक्टरको नाम विभूषणको नामावलीबाट हटाइएको थियो । जिल्लाको पोवाङ स्वास्थ्य चौकीमा ५ औँ तहका हेल्थ असिस्टेन्ट (एचए)मा कार्यरत स्वास्थ्यकर्मी लाल बहादुर रोकायाको नाम विभूषणको सूचीबाट हटाइएको हो ।
यो पनि पढ्नुहोस्
पदकमा मनोमानी : विश्वभर प्रशंसा पाएका डाक्टरको नाम हटाइयो
पदकमा झेल : विवादित व्यक्तिले पनि पाएपछि पत्रकारद्वारा अस्वीकार
पूर्वसभामुखदेखि पूर्वप्रमुख निर्वाचन आयुक्तसहित १९२ जनाले लिएनन् पदक (सूचीसहित)

















स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन
रवि लामिछाने र ज्ञानेन्द्र शाहीबीच भेटवार्ता, उपसभामुख पदबारे छलफल
चैत २२ गतेदेखी मतदाता नामावली सङ्कलन तथा अद्यावधिक हुने
इरान– इजरायल युद्ध चर्किँदै, अमेरिका प्रभावित
झापामा घरको तीन तला माथिबाट खस्दा बालिकाको मृत्यु
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
प्रतिक्रिया