शेयर बजारलाई अर्थमन्त्रीले बेलुनसँग तुलना गर्दा घट्यो नेप्से

काठमाडौँ । गत साता अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारलाई फुलेको बेलुनसँग तुलना गरेसँगै त्यसको असर सोमबारको शेयर बजारमा परेको छ । निरन्तर गिरावटकै अवस्था रहेकोमा अर्थमन्त्रीको भनाईसँग असहमत हुँदै शेयर बजार सुचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) तेस्रोपटक सय अंकभन्दा बढीले घटेको छ ।
स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक साताको दोस्रो दिन सोमबार एक सय १४ दशमलब २ अंकले घटेको छ । यो अघिल्लो दिनको तुलनामा ४ दशमलब ५ प्रतिशतले घटेर २ हजार ६ सय ९८ दशमलब २४ बिन्दुमा पुगेको छ ।
कूल २२५ कम्पनीको एक लाख ७ हजार ५ सय ९६ कारोबारबाट ८ अर्ब ४९ करोड ३४ लाख एक हजार ९ रुपैयाँ बराबरका एक करोड ७३ लाख ३० हजार ५ सय ३८ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।
कारोबारमा आएका सबै १२ कम्पनी समूहका उपसुचकमा गिरावट आएकाले नेप्सेमा ठूलो असर परेको शेयर लगानीकर्ता नवराज अधिकारीले जानकारी दिए ।
गत साता नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था आइक्यानको कार्यक्रममा अर्थमन्त्री शर्माले भनेको थिए ‘मलाई शेयर बजारका बारेमा नबोल्न भनिएको छ, अहिलेको शेयर बजार हावा भरिएको बेलुन जस्तै फुलेर भरिएको छ, जुनसुकै बेला फुट्न सक्छ ।’
यसअघि सेयर बजार सुचक २०७७ मंसिर २१ गते १२३ र भदौ २० गते १०८ अंकले घटेको थियो । भदौँ २० मा सुरुमा एक सय ४७ अंकसम्म घटेको नेप्सेपछि सम्हालिँदै सो बिन्दुमा रोकिएको थियो । यसअघि २०७७ मंसिर २१ मा एक सय २३ घटेको थियो ।
यो भनाईसँगै लगानीकर्ताले सामाजिक सञ्जालमार्फत तीव्र आक्रोश पोखेका थिए । अर्थमन्त्री शर्माको भनाईसँगै पूर्वप्रधानमन्त्री तथा अर्थमन्त्री डा. बाबुराम भट्टराईसँग तुलना गर्दै माओवादी शेयर बजारप्रति नकारात्मक रहेको भाव व्यक्त गरिरहेका छन् ।

















तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
इरानमा फसेका विद्यार्थीहरूलाई बाहिरिन अनुमति
प्रलोपा गण्डकी अध्यक्ष शर्मा नेकपामै फर्किए
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
आईसीसी लिग-२ को तयारीका लागि २० खेलाडी छनोट
प्रतिक्रिया