सोमबार, फागुन १८, २०८२

चेम्बरका समिति पदाधिकारीहरुलाई मनोनयनपत्र प्रदान

मेरोन्यूज २०७८ असोज ४ गते १८:३८

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत गठित प्रचार प्रसार तथा अतिथि सत्कार समितिका पदाधिकारी तथा सदस्यहरुलाई मनोनयन पत्र प्रदान गरिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले कार्य समिति सदस्य सन्तोषकुमार पाण्डेको सभापतित्वमा चेम्बर अन्तर्गत गठित प्रचार प्रसार तथा अतिथि सत्कार समितिका पदाधिकारी तथा सदस्यहरुलाइ मनोनयन पत्र प्रदान गरेका हुन् ।

नव गठित समितिका सहसभापति योगेस क्षेत्री तथा सदस्यहरु पकंज जलान, बीपेन्द्र कार्की, राजेन्द्र थापा, रामराजा श्रेष्ठ, विज्ञान श्रेष्ठ, पशुपति देव पाण्डे, अनिल परियार, नवराज चालिसे, मोहन ओझा, सोना अमात्य, सुनिता वतासु, रमिता राजभण्डारी, रमेश ढकाल मनोनित भएका छन् ।

सो अवसरमा मल्लले मुलुकको आर्थिक समृद्धि हाम्रो साझा लक्ष्य भएकोले चेम्वरको छाता मुनी बसी अर्थतन्त्रको बिकासको लागि योगदान दिने विश्वास ब्यक्त गरे ।

प्रतिक्रिया