भन्सार निर्देशिकाबारे महानिर्देशकसँग नाडाको छलफल

काठमाडौं । भन्सार विभागबाट हालै जारी भएको भन्सार निर्देशिकाकाबारेमा भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटासँग नाडाका प्रतिनिधि मण्डलले छलफल गरेको छ ।
नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ६ सदस्यीय प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक सापकोटालाई स्वागत गर्दे भन्सार विभागबाट हालै जारी भएको भन्सार निर्देशिका लगायतका विभिन्न विषयमा छलफल गरेको नाडाका महासचिव सुनील रिजालले जानकारी दिए ।
भेटका अवसरमा भन्सार विभागका महानिर्देशक सापकोटाले विभागले व्यवसायीहरुका लागि सहजीकरण गर्ने बताउँदै व्यवसायीहरुका लागि अनलाइन पेमेण्ट र भेहिकल स्क्यानरको व्यवस्था समेत गरिने जानकारी दिए ।
सो अवसरमा अध्यक्ष दुलालले नेपालको अटोमोवाइलक्षेत्र राज्यलाई सर्वाधिक राजश्व बुझाउनेक्षेत्र भएको उल्लेख गरे ।
दुलालले नाडा र भन्सार विभागविच सूचना आदान प्रदान गर्ने विषयमा सहकार्य गरेर अघि बढने विषयमा लिखित समझदारी समेत भइसकेकोबारेमा सापकोटालाई जानकारी दिएका थिए ।
छलफलमा भाग लिँदै नाडाका महासचिव सुनिल रिजालले एचएस कोड परिवर्तन र साफ्टा सुविधा अन्तर्गत आउने अटोमोवाइल वस्तुहरुको बर्गिकरणमा स्पष्टता हुनुपर्ने बताए ।
यस्तै नाकाडाका कोषाध्यक्ष सुरेन्द्र उप्रेतीले एलसी खोली व्यवसाय गर्दा पनि भन्सार नाकाहरुमा पर्ने समस्याहरुबारे जानकारी गराएका थिए ।










एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
सरकार र नागरिक बचाउ अभियानका प्रतिनिधिबीच वार्ता सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
विधान संशोधनपछि सुरेन्द्र पाण्डेको आपत्ति : ‘हिजो घटाउने अनि आज बढाऔं भन्नु मनपरी होइन?’
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया