मंगलबार, फागुन ६, २०८१

न्यादी हाइड्रोपावरको आइपिओ खुला

मेरोन्यूज २०७८ असोज १५ गते ११:१९

काठमाडौँ । न्यादी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आइपिओ) बिक्री खुला गर्ने भएको छ । हाइड्रोपावरले आजदेखि आइपिओ खुला गरेको हो ।

Advertisement
IMEnabil

कम्पनीले प्रतिकित्ता एक सय अंकित मूल्यमा २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आइपिओ जारी गरेको हो । कम्पनीले निष्काशन गर्ने आइपिओमध्ये ५ प्रतिशत अर्थात् एक लाख १२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको र २ प्रतिशत अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरिएको छ ।

बाँकी २० लाख ९२ हजार ५ सय कित्ता सेयर सर्वसाधारणले आजको कार्यालय समयदेखि आवेदन दिन पाउने छन् । निष्काशन गरेका सेयरमा सर्वसाधारणले आगामी असोज १९ गतेसम्म भर्न पाउने छन् ।

सर्वसाधरणले न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन पाउने छन् । सो अवधिसम्म माग गरिएबमोजिम आवेदन पूरा नभए असोज ३१ गतेसम्म म्याद हुने कम्पनीले जनाएको छ ।

कम्पनीले लमजुङको मर्स्याङ्दी गाउँपालिकामा कूल ३० मेगावाट क्षमताको न्यादी जलविद्युत् आयोजना निर्माण गर्दै आएको छ ।

प्रतिक्रिया