कृषि क्षेत्रमा गुणात्मक परिवर्तनको आवश्यकता छ : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कृषि क्षेत्रमा गुणात्मक परिवर्तनको आवश्यकता रहेको बताएका छन् । सोमबार काठमाडौँमा आयोजित अखिल नेपाल किसान महासंघ राष्ट्रिय समितिको घोषणा तथा सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष नेपालले कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रिकीकरण गर्न सकेमा अर्थतन्त्रमा आमूल परिवर्तन हुने धारणा राखे । ‘कृषि क्षेत्रमा रुपान्तरण गर्ने कुराबाट हामी बिमुख हुन सक्दैनौँ, हाम्रो फोकस नै त्यसमा हुनु पर्दछ, नेपाली अर्थतन्त्रको बलियो आधारशीला भनेको कृषि क्षेत्रको रुपान्तरण हो,’ उनले भने, ‘कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायिकरण र यसको यान्त्रिकीकरण काम गर्न सकियो भने मात्रै यसमा आमूल परिवर्तन गर्न सकिन्छ, कृषि क्षेत्रमा मात्रात्मक होइन, गुणात्मक परिवर्तनको आवश्यकता छ ।’
अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीहरु किसानको मुक्तिका लागि बनेको भन्दै किसान आन्दोलन उठाउन वामपन्थी शक्तिको भूमिका महत्वपूर्ण हुने बताए । उनले सुकुम्बासीहरूको समस्या समाधानमा सरकारले ध्यान पु¥याउनु पर्ने धारणासमेत राखेका थिए ।
















अमेरिकी उपराष्ट्रपति भान्सले भने- इरानसँगको वार्ता असफल भयो, अमेरिका फर्कँदैछु
यस्तो छ मानवको अन्तरिक्ष उडानको इतिहास
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
आज केही स्थानमा वर्षा र हिमपात हुने
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
प्रतिक्रिया