पेरूमा ७.५ रेक्टर स्केलको भूकम्प धक्का

काठमाडौँ । स्थानीय समयअनुसार आइतबार बिहान ५ः५२ बजे पेरूमा ७.५ रेक्टर स्केलको भूकम्प गएको छ । उक्त भूकम्पको धक्का पेरूको उत्तरी र मध्य क्षेत्र र छिमेकी मुलुकहरूमा समेत महशुस गरिएको थियो ।
पेरूको भौगर्भिक अध्ययन संस्थाका अनुसार भूकम्प १३१ किलोमिटर (८१ माइल) गहिराइमा गएको थियो । यसको भूकम्पको केन्द्रविन्दू पेरूको अमेजनमा ‘सान्ता मारिया डे निवा’ शहरबाट ९८ किलोमिटर पूर्वमा रहेको बताइएको छ । यो पेरूको थोरै जनसंख्या भएको क्षेत्र हो जहाँ अमेजन आदिवासीहरू बसोबास गर्छन् ।
यस गहिरो भूकम्पले तटीय तथा एन्डियन क्षेत्रहरू र राजधानी लिमालगायत देशको झन्डै आधा भागलाई प्रभावित पारेको थियो । लुसिया नाम गरेका एक प्रत्यक्षदर्शीले उत्तरी शहर चोटाको आरपीपी रेडियोसँग भने, “भूकम्प शक्तिशाली थियो, भूकम्पपछि सबै नागरिक सडकमा निस्केका छौँ । थप पराकम्पनको चिन्ताले हामी साह्रै डराएका छौँ ।”
पेरूको नागरिक रक्षामामिला हेर्ने ‘नेशनल इन्स्टिच्युट अफ सिभिल डिफेन्स’ले अहिलेसम्म कुनै क्षति भएको जानकारी आइनसकेको आफ्नो पहिलोे रिपोर्टमा उल्लेख गरेको छ । संयुक्त राज्य अमेरिकाको भूगर्भीय सर्वेक्षणले केही सम्भाव्य घाइते तथा क्षति हुने पूर्वानुमान् गरेपनि ठूलो क्षति भने नभएको जनाएको छ ।
भूकम्पको केन्द्रविन्दू रहेको स्थानबाट करिबएक हजार किलोमिटरभन्दा बढी दक्षिणमा पर्ने लिमामा यो कम्पन कम तीव्रताका साथ महसुस गरिएको थियो । यद्यपि लिमामा पनि केही मानिसहरू सडकमा निस्किएका थिए ।
१० लाख जनसंख्या भएको पेरूको राजधानीमा यसअघि केही घण्टा पहिले पनि ५.२ रेक्टर स्केलको भूकम्पको महशुस गरिएको थियो । पेरू प्रत्येक वर्ष कम्तीमा पनि ४०० ग्रहणशील भूकम्पले हल्लिन्छ, किनकि यो ‘प्यासिफिक रिङ अफ फायर’मा अवस्थित छ ।
यो व्यापक भूकम्प जाने क्षेत्र हो जुन अमेरिकी महाद्वीपको पश्चिमी तटमा फैलिएको छ । भूकम्पपछि सुनामीको कुनै सम्भावित चेतावनी जारी गरिएको छैन ।
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
प्रतिक्रिया