आइतबार, पुष ६, २०८२

आज सुनको मूल्य वृद्धि

मेरोन्यूज २०७८ पुष १ गते १२:२९

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेर ९३ हजार पुगेको छ । बुधबार प्रतितोला ९२ हजार ३०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ५०० कायम भएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २५ ले बढेको छ । आज चाँदी एक हजार २३५ तोकिएको महासंघले जनाएको छ ।

प्रतिक्रिया