नेपाल वेयर हाउसले आइपिओ बिक्री गर्ने

काठमाडौँ । नेपाल वेयर हाउस कम्पनीले साधारण शेयर (आइपिओ) बिक्री गर्ने भएको छ । कम्पनीको प्रबन्ध पत्र संशोधन गर्ने गरी अधिकृत पुँजी ७० करोड र जारी पुँजी ६८ करोड ७५ लाख पुर्याउने प्रस्ताव सञ्चालक समितिले पारित गरेको छ ।
हालै सम्पन्न कम्पनीको साधारणसभाले १३ करोड ७५ लाख बराबरका साधारण शेयर निष्काशन गर्ने भएको छ । साधारण शेयर बिक्रीका लागि कम्पनीले सम्बन्धित नियामक निकायमा प्रस्ताव पेश गर्ने निर्णय गरेको छ ।
कम्पनीका अध्यक्ष आनन्तकुमार बगडियाले कम्पनीलाई थप विस्तार गर्ने उद्देश्यका साथ साधारण शेयर बिक्री गर्ने प्रस्ताव गरिएको जानकारी दिए । एभरेष्ट बैंकको सहवित्तीयकरणमा निर्माण भइरहेको कम्पनीको सुनसरी, पर्सा र कपिलवस्तु कार्यालयबाट कूल ५५ हजार मेट्रिकटन अन्न भण्डारण हुने छ ।
निम्बस ग्रप, शिखर इन्स्योरेन्स, एनएमबि बैंक, श्रीनगर एग्रो फार्म, टीएएनए इन्भेष्टमेन्ट कम्पनी, टिम भेञ्चर्सलगायतको लगानी रहेको यस कम्पनीमा थप केही व्यासायिक र वित्तीय संस्थाले १५ करोड लगानी गरिसकेका छन् । कम्पनीले अन्न भण्डारणका अतिरिक्त वेयहाउस रिसिप्ट फाइनान्सिंग, अक्सन मार्केट सुविधा, बल्क टन्सपोटेसन र वन स्टप एग्री सोलुसनलगायतका सुविधा उपलब्ध गराउने छ ।
निर्माणधिन तीन एकाइमध्ये सुनसरीको औरावानीस्थित कार्यालयबाट आगामी दुई महिनाभित्र व्यावसायिक काम सुरु हुने कम्पनीले जनाएको छ ।










गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया