बुधबार, माघ १४, २०८२

रेशम चौधरी छुट्ने विश्वास लिँदै रञ्जिताले भनिन् : रिहा हुने प्रक्रिया हुँदैछ

मेरोन्यूज २०७९ मंसिर २६ गते १३:०४

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्ना कार्यकर्ताहरूलाई सयंमित हुन आग्रह गरेकी छन् ।

उनले आफ्नो पार्टीका संरक्षक तथा श्रीमान रेशम चौधरीको रिहाइको विषयलाई लिएर कार्यकर्तालाई सयंमित हुन आग्रह गरेकी हुन् । उनले रेशम जेलबाट छुट्ने विश्वास व्यक्त गरेकी छन् ।

‘सम्पूर्ण साथीहरूलाई सयंमित हुन अनुरोध गर्दछु, माननीय ज्युको रिहा हुने प्रक्रिया हुँदैछ, अहिले तत्कालै निस्कने होइन,’ उनले भनिन्, ‘अध्यादेश राष्ट्रपति ज्युमा पुग्ने छ, अनि प्रकृयागत रूपमा नयाँ कार्यदिशा तयारपश्चात बाहिर निस्कने प्रक्रिया हुन्छ ।’

चौधरी टीकापुर हत्याकाण्डमा एक बालकसहित आठ सुरक्षाकर्मीले ज्यान गुमाएका घटनाको निर्देशन दिएको भन्दै अदालतले उनलाई आजीवन कारावासको सजाय सुनाएको थियो ।

प्रतिक्रिया