आजदेखि रेल कुद्ने, भाडा ७० रुपैयाँ मात्र

काठमाडौँ । लामो समयदेखि सञ्चालनमा आउन नसकेको कुर्था–जनकपुर–जयनगर रेल सेवा सञ्चालन हुने भएको छ । रेल सञ्चालनको समय पटक–पटक तोकिए पनि आज आइतबारदेखि रेल सेवा नियमित रूपमा सञ्चालन हुने नेपाल रेल्वे कम्पनीले जनाएको छ ।
भारत सरकारको ८ अर्ब ७७ करोड नेपाली रुपैयाँ सहयोगमा निर्माण हुने जयनगर–विजलपुर–बर्दिबाससम्म ६९ किलोमिटर रेल मार्गअन्तर्गत पहिलो चरणमा जयनगर–कुर्थासम्म ३२ किलोमिटर रेल सञ्चालनको हुन लागेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए । उनले अब रेल सञ्चालनमा कुनै अवरोध नहुने गरी आइतबारदेखि रेल सञ्चालन हुने दाबी गरे ।
रेल्वे सेवा नियमित सञ्चालनका लागि नेपाल रेल्वे कम्पनीले रेल ट्रक नजिक रहेका हाट बजारसमेत खाली गराई सकेको छ । आइतबारदेखि नियमित रूपमा दैनिक एकपटक कुर्था–जयनगर सम्म रेल ओहोरदोहोर गरिने बताए ।
‘भोलि आइतबारदेखि रेल सेवा नियमित रूपमा सञ्चालन हुन्छ,’ महाप्रबन्धक झाले भने, ‘तर, तत्काल हामी बिना यात्रुको (ड्राई रन) रेल सञ्चालन गर्छौँ, हप्ता १० दिनमा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गरेपछि मात्रै यात्रुलाई राखेर दैनिक तीन पटक सेवा सञ्चालन गर्छौँ ।’
रेल सञ्चालनका लागि चालकसहितका प्राविधिक कर्मचारी भारतीय रेल कम्पनी केआरसीएल कम्पनीसँग दुई पक्षीय जिटुजी सम्झौता भएको महाप्रबन्धक झाले बताए । बाँकी प्रशासनिक तथा सहयोगी गरी ६५ जना कर्मचारी नेपाल रेल्वे कम्पनीले भर्ना गरी उनीहरूलाई तालिमसमेत दिई तयार गरिसकेको महाप्रबन्धक झाले बताए ।
विगतमा चोरी भएका रेल्वे ट्याकको क्लिपहरू लगाइसकेको र एलबी लेभवन गेटसमेत मर्मत सम्भार भइसकेको महाप्रबन्धक झाले बताए । ५ कार्तिकमा भारतीय पक्षले रेल सञ्चालनका लागि आवश्यक रेल ट्र्याक, हल्ट, स्टेसन, कर्मचारीको लागि अवाससहितका भौतिक संरचना नेपाल सरकारलाई जिम्मेवार लगाएका थिए । तर, त्यसका केही काम रहेकाले त्यो काम पनि भारतीय पक्षले गरिसकेको महाप्रबन्धक झाले बताए ।
नेपाल सरकारले बोगिसहितको दुई वटा रेल खरिद गरेको झण्डै १५ महिनापछि रेल सेवा सञ्चालन हुन लागेको हो । खरिद गरिएका रेल लामो समयदेखि धनुषाको ईनवा स्टेसनमा त्रिपाल मुनि छोपिएर राखिएको थियो । रेल्वेको सुरक्षा भने सशस्त्र प्रहरी नेपाललाई दिइएको छ ।
यसैबीच, नेपाल रेल्वे कम्पनीले कुर्थादेखि जयनगरसम्मको जनरल ७० र एसीमा ३ सय रुपैयाँ भाडा तोकेको छ । कुर्थादेखि जयनगरसम्म ५ स्टेसन र ३ वटा हल्ट रहेको छ । रेल्वेको टिकट स्टेसन र हल्ट दुवै स्थानमा उपलब्ध हुने महाप्रबन्धक झाले बताए ।











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
प्रतिक्रिया