नागढुङ्गाबाट लागू औषधसहित युवक पक्राउ
मेरोन्यूज
२०७९ भदौ १७ गते १७:०६
काठमाडौं । चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट नियन्त्रित लागू औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहा लक्ष्मीपुर पतारी गाउँपालिका ५ बस्ने २६ वर्षीय प्रगास यादव छन् । उनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
उनको साथबाट नाईट्राभेट ८९७ ट्याब्लेट, डाइजेपाम ५२ एम्पुल, बुप्रेनोर्फिन ५२ एम्पुल र फेनारगन ५२ एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ ।
सिरहाबाट काठमाडौंतर्फ आउँदै गरेको बा ५ ख ८०८९ नम्बरको बसलाई प्रहरीले जाँच गर्ने क्रममा प्रगासलाई झोलामा लुकाएर ल्याएको अवस्थामा उक्त लागू औषधसहित पक्राउ गरेको हो ।
सम्बन्धित
















कर्णालीमा गठबन्धनका उम्मेदवार विजयी
सातै प्रदेशमा ९५.६८ प्रतिशत मतदान
कोशीमा रोशनी मेचे राष्ट्रिय सभा सदस्य निर्वाचित
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
प्रतिक्रिया