फिल्म ‘लपता सन्तान’ को फर्स्ट लुक पोस्टर सार्वजनिक

काठमाडौं । रामरो इन्टरटेनमेन्टले आनन्दराज प्रोडक्सनसँगको सहकार्यमा आफ्नो आगामी डकुमेन्ट्री सर्ट फिल्म ‘लपता सन्तान’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरेको छ ।
रामजी ज्ञवालीद्वारा लिखित, निर्देशन र निर्माण गरिएको यो फिल्मले बेपत्ता बालबालिकाको मार्मिक विषयवस्तुको खोजी गरेको मनन गर्न सकिन्छ ।
पोस्टरमा मुख्य कलाकार रश्मी भट्ट, ओजस्वी विक्रम विष्ट, आशिष पराजुली, सबिना राउत, निलम भट्ट, मनिष पी निरौला लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्मको ट्यागलाइनले आफ्ना हराएका छोराछोरीलाई खोज्ने अभिभावकहरूको हृदयविदारक कथालाई हाइलाइट गरेको झल्को दिएपनि निर्माण टिमले फिल्मको कथा भने सार्वजनिक गरेको छैन ।
यद्यपि, यस प्रोजेक्टमा केहि गोप्य छ भन्ने संकेत पोस्टरबाट प्राप्त गर्न सकिन्छ। रामजी ज्ञवालीले केही वर्षयता डकुमेन्ट्री, डकुमेन्ट्री सर्ट फिल्म र म्युजिक भिडियो निर्माण गर्दै आएका छन् ।
उनको पटकथा र निर्देशनमा केही समयअघि रित्तो गाँउ नामक डकुमेन्ट्री सर्ट फिल्म बनेको थियो । तर, युट्युबमा भने सार्वजनिक भएको छैन ।
यसअघि ज्ञवालीले डार्क मुन, एक लभर, आराध्या, हनिमुन जस्ता सर्ट फिल्म निर्माण गरिसकेका छन् ।










भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट घोषणा
प्रसाईंलाई २४ घण्टाभित्र बन्दीसहित अदालतमा उपस्थित गराउन आदेश
पाकिस्तानी सेनाको कारबाहीमा ३० विद्रोही लडाकूको मृत्यु
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
बङ्गलादेशमा कामचलाउ सरकार प्रणाली पुनःस्थापित
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
मध्यरातमा भक्तपुरस्थित निवासबाटै पक्राउ परे दुर्गा प्रसाईं
प्रतिक्रिया