फिल्म ‘लपता सन्तान’ को फर्स्ट लुक पोस्टर सार्वजनिक

काठमाडौं । रामरो इन्टरटेनमेन्टले आनन्दराज प्रोडक्सनसँगको सहकार्यमा आफ्नो आगामी डकुमेन्ट्री सर्ट फिल्म ‘लपता सन्तान’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरेको छ ।
रामजी ज्ञवालीद्वारा लिखित, निर्देशन र निर्माण गरिएको यो फिल्मले बेपत्ता बालबालिकाको मार्मिक विषयवस्तुको खोजी गरेको मनन गर्न सकिन्छ ।
पोस्टरमा मुख्य कलाकार रश्मी भट्ट, ओजस्वी विक्रम विष्ट, आशिष पराजुली, सबिना राउत, निलम भट्ट, मनिष पी निरौला लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्मको ट्यागलाइनले आफ्ना हराएका छोराछोरीलाई खोज्ने अभिभावकहरूको हृदयविदारक कथालाई हाइलाइट गरेको झल्को दिएपनि निर्माण टिमले फिल्मको कथा भने सार्वजनिक गरेको छैन ।
यद्यपि, यस प्रोजेक्टमा केहि गोप्य छ भन्ने संकेत पोस्टरबाट प्राप्त गर्न सकिन्छ। रामजी ज्ञवालीले केही वर्षयता डकुमेन्ट्री, डकुमेन्ट्री सर्ट फिल्म र म्युजिक भिडियो निर्माण गर्दै आएका छन् ।
उनको पटकथा र निर्देशनमा केही समयअघि रित्तो गाँउ नामक डकुमेन्ट्री सर्ट फिल्म बनेको थियो । तर, युट्युबमा भने सार्वजनिक भएको छैन ।
यसअघि ज्ञवालीले डार्क मुन, एक लभर, आराध्या, हनिमुन जस्ता सर्ट फिल्म निर्माण गरिसकेका छन् ।















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया