साहित्य
म मोबाइल फोन हुँ

म दत्त हुँ, मलाई चलाउ
म फत्ते हुँ मलाई चलाउ
म तिम्रा हत्केलामै संसार अढाउन सक्छु
वेद, वाइवल, कुरान ज्ञानका सार पढाउन सक्छु
म तिम्रो हरेक सवालको जवाफ बन्न सक्छु
फरेवीहरूका लागि कडक, रवाफ बन्न सक्छु
म सम्बन्ध खोज्नेहरूका लागि राहत हुँ, उपचार हुँ
म युग परिवर्तनको संवाहक हुँ, समाचार हुँ
कोही भोको छ ? रमाइलोको, म आहारा हुँ
कोही एक्लो छ ? नाताको, म सहारा हुँ
म विकास हुँ वर्तमानको, मलाई चलाएर हेर
म निकास हुँ अन्धकारको, मलाई खेलाएर हेर
ए सुन त !
म नशा हुँ, मलाई नचलाउ
म दशा हुँ, मलाई नचलाउ
मेरो बनावट अश्लिल छ
तर प्रयोग अश्लिल छ
हो ! मेरो जन्मलक्ष्य श्रोतव्य छ, भव्य छ, बहुमत छ
तर, जन्मलक्ष्य सुन्ने श्रोतागण गलत छ
लत हद छ
समयको बद छ
मलाई सर्वप्रिय नबनाउ
सर्वमान्य नबनाउ
सर्वव्यापी नबनाउ
किनकी
तिमी म बारे सर्वज्ञ छैनौ
म सर्वथा, सर्वदा सर्वनाश निम्त्याउछु
म सर्वस्व हडप्छु
सर्वाङ्ग नङ्ग्याउछु त्यसपश्चात सायद
तिमी सलबलाउन समेत सक्ने छैनौ।
मलाई सही समयमा चलाउ
मलाई समयमा सही चलाउ
म तिमीलाई जुकरबर्ग बनाउने छु
तिमी जुका जसरी जरुरतबिना जकडी रहन्छौ भने
म जखमको जन्जाल बुनिदिने छु
जहाँबाट तिमीले मलमको सञ्जाल देखिने सन्झ्याल पाउने छैनौ
प्रिय प्रयोगकर्ता,
तिमी निन्द्राको आँखामा पट्टी नलगाई मलाई चलाउ
म परिवर्तन ल्याउछु परिस्थितिमा
मलाई पुत्र सरह व्यवहार गर, पत्रु सरह होइन
म पदक ल्याउने छु हर स्थितिमा
तिम्रो बेमतलब प्रयोगले
म बेमौसम बर्सिन सक्छु
तिमीद्वारा मेरो दुरुपयोगले
म ‘अहो’ तालमा तर्सिन सक्छु
मलाई सही समयमा चलाउ
मलाई समयमा सही चलाउ
म तिमीलाई जुकरबर्ग बनाउने छु
तिमी जुका जसरी जरुरतबिना जकडिनरहनु मलाई
म मल्हमको जञ्जाल बुनिदिने छु
जहाँबाट तिमीले जखमको सञ्जाल देखिने सन्झ्याल पाउने छैनौ
मलाई चलाउ म मोबाईल फोन हुँ
नाइ ! मलाई नचलाउ, म मोबाइल फोन हुँ।
लेखक अस्मित रेग्मी नेपालको कान्छो उपन्यासकारका रुपमा परिचित छन् । जसले १६ वर्षको उमेरमा ‘आरोह’ नामक उपन्यास प्रकाशित गरेका थिए ।













सेयर बजारमा सामान्य अंकको सुधार
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
NC leadership urged to take ownership of Special General Convention
समानुपातिक सूचीबाट १८ दलका १६४ उम्मेदवारले लिए नाम फिर्ता
पुरानै विधानअनुसार कांग्रेसको कार्यसमिति चयन हुने
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया