कांग्रेसमा आमन्त्रित केन्द्रीय सदस्यको राजीनामा प्रकरण
आमन्त्रित केन्द्रीय सदस्यको मागमा देउवाको धाप
बरिष्ठ नेता रामचन्द्र पौडेल भन्छन् : विधानमै छैन, कि सभापतिलाई विधान संसोधन प्रस्ताव ल्याउन भन्नुस् , नत्र हुदै हुन्न

काठमाडौं । स्वतः महाधिवेसन प्रतिनिधि बन्न पाउनुपर्ने कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यको मागमा कांग्रेसका सभापति शेरवहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलका वीचमा मत वाझिएको छ ।
अन्य केन्द्रीय समितिका सदस्यसरह नै स्वतः महाधिवेशन प्रतिनिधी बन्न पाउनुपर्ने आमन्त्रित केन्द्रीय सदस्य हरुको मागलाई प्रधानमन्त्री समेत रहेका सभापति देउवाले धाप दिएका छन् । वरिष्ठ नेता पौडेलले भने विद्यानमै नभएको ब्यवस्था अनुसार कसरी स्वत महाधिवेशन प्रतिनिधी बन्न पाउँछन् ? भन्दै हुदै हुन्न भनेका छन् ।
देउवा र पौडेल वीचमै यो विषयमा कुरा वाझिएपछि काग्रेसका २२ आमनित्रत केन्द्रीय सदस्यले सामुहिक राजीनामाको घोषणा गरेका थिए । काग्रेसले राप्रपा र विजय गच्छेदारको समुहवाट आएका नेताहरुलाई पार्टी एकताका क्रममा आमन्त्रित केन्द्रीय सदस्यका रुपमा सहभागी गराएका थिए ।
ति सवै देउवालाई साथ दिने नेताहरु छन् ।
आफुलाई साथ दिने नेताहरुले सामुहिक राजीनामाको घोषणा गरेपछि देउवाले अन्याय हुन नदिने बताएका छन् । तर पौडेल देउवाले ति नेताहरुको मागलाई धाप लगाएपनि मान्ने पक्षमा देखिएका छैनन ।
देउवाको नीजि निवास वुढानिलकन्ठमा आज वसेको केन्द्रीय समिति बैठकमा नेताहरुले राजीनामाको घोषणा गरेका थिए ।
बैठकमा पौडेलले भने, ‘म पनि वडाबाटै चुनिएर आउने हो, विधानमा भएको व्यवस्थालाई परिवर्तन गर्न मिल्दैन । कि सभापतिले विधान संसोधन प्रस्ताव ल्याउनुपर्यो । होइन भने विधानमा नभएको व्यवस्था तपाईंहरुका लागि मात्रै कसरी गर्ने ?’
पौडेलले ति नेताहरुलाई राजीनामा फिर्ता लिन आग्रह गर्दै विधानमा व्यवस्था नभएको विषयमा माग नराख्न आग्रह गरेका थिए । ‘तपाईहरु राजीनामा फिर्ता लिनूस्, स्वतस् प्रतिनिधि बन्न पाउनुपर्ने व्यवस्था विधानमै छैन, कि तपाईहरु विधान संशोधनको प्रस्ताव ल्याउनूस् । नत्र कसरी हुन्छ ?, हुदैहुनन ।’
नेताहरुले बोलेपछि अन्तिममा बोलेका सभापति देउवाले भने राजीनामा दिनेहरुको माग सुनिने भन्दै अन्याय कसैलाई हुन नदिने बताएका थिए ।
‘राजीनामा दिनेको माग हामीले सुन्नुपर्छ, सुन्छौं र बुझ्छौं । महाधिवेसनमा पनि यसबारे छलफल हुन्छ । कसैलाई पनि अन्याय हुन दिइन्न ।’ प्रधानमन्त्री देउवाले भने ।

















युक्रेनमा रुसले आक्रमण बढायाे
महाशिवरात्रिः गरगहना लगाएर मन्दिर नजान प्रहरीको अनुरोध
चुनावको मुखमा एमालेका दुई पूर्व सांसदसहितका नेताले छाडे पार्टी
टिप्पर र मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
आणविक वार्ताको प्रगतिमा बाधक पश्चिमा भएको इरानको दावी
हिमाली र पहाडी जिल्लामा पनि फागुन २१ मै निर्वाचन : प्रधानमन्त्री कार्की
प्रतिक्रिया