करिब ७६ लाख रूपैयाँ हिनामिना गर्नेमाथि कारबाहीको माग
मेरोन्यूज
२०७८ भदौ २७ गते १७:३३

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एसआरडी कन्स्ट्रक्सनका सञ्चालक रमेश पराजुली र सन्दिप केसीमाथि ७५ लाख ८० हजार बिगो दाबी गरी कारबाही माग गरेको छ ।
नवलपरासी (पश्चिम) सुनवल नगरपालिकाअन्तर्गत पानभार खोलामा आर्थिक वर्ष २०७५-०७६ मा नदीजन्य पदार्थ उत्खनन् तथा निकासीको ठेक्कामा मापदण्ड विपरीत उत्खनन गरेको भन्दै उनीहरूमाथि आयोगले बिगो दाबीसहित कारबाहीको माग गरेको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।
उनीहरूले राजस्व छली गरेको भन्ने उजुरीमा अनुसन्धान हुँदा फर्जी बिल प्रयोग गरी ७५ लाख ८० हजार ६४९ रूपैयाँ हिनामिना गरेको देखिएको हो । उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कारबाही हुने आयोगले जनाएको छ ।
सम्बन्धित













चुनावी सरकारमा चार महिना काम गरेर बिदा भए कुलमान, प्रधानमन्त्रीलाई बुझाए राजीनामा
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता
समानुपातिक उम्मेदवारी फिर्ता लिने अरनिको पाँडेको घोषणा
टी-२० विश्वकपका लागि नेपाली टोलीको जर्सी सार्वजनिक
एमालेले बाेलायाे सचिवालय बैठक
केपी ओलीको स्थानहद फुकुवा
प्रतिक्रिया