मुख्यमन्त्री शाक्य अल्पमतमा, आजको बैठकमा एमाले अनुपस्थित हुने

काठमाडौँ । आज दिउँसो १ बजे बस्ने बागमती प्रदेशसभा बैठकमा नेकपा एमालेका सांसदहरू अनुपस्थित हुने भएको छ । यसअघि बुधबार एमाले बागमती प्रदेश संसदीय दलले आज बस्ने प्रदेशसभा बैठकको मिति सार्न माग गरेको थियो ।
यसैबीच एमालेको वडा र पालिका अधिवेशनको तयारीमा सांसदहरू उपस्थित हुने भन्दै आज बस्ने बैठकमा उपस्थित नहुने भएको हो । आजको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मतसम्बन्धी प्रस्ताव बारे छलफल र मत विभाजन हुने तय भएको थियो ।
गत भदौ २ गते एमालेको एकल बहुमतमा मुख्यमन्त्री बनेकी शाक्य पार्टी विभाजन भएसँगै अल्पमतमा परेकी थिइन् । पार्टी विभाजन नहुँदा ५६ जना सांसदको साथमा मुख्यमन्त्री बनेकी शाक्य एमाले विभाजनपछि ४३ जना सांसदको समर्थन रहेको छ । बागमती प्रदेशसभामा हाल १०९ जना प्रदेशसभा सदस्यहरू रहेका छन् ।
एमाले संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले पार्टीको आसन्न महाधिवेशन नजिकिएको भन्दै प्रदेशसभा बैठकको मिति सार्न अनुरोध गरेका थिए । प्रदेशसभा सचिवालयलाई पत्र प्राप्त भएको र सभामुखसँग छलफल हुन बाँकी रहेको अवस्थामा आज बैठक बस्ने भएको हो ।
















बाँकेमा ५ शय्याको आधारभूत अस्पताल सञ्चालन
अविश्वासबीच इस्लामाबादमा अमेरिका–इरान वार्ता
अस्पताल सेवा सुधार कार्यविधि २०८२ जारी
युरोपियन युनियनद्वारा अवैध इजरायली विस्तारको निन्दा
इरानसँगको वार्ताका लागि जेडी भान्स आइपुगे पाकिस्तान
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
प्रतिक्रिया