युरोप फेरि कोरोनाको केन्द्र बन्दै : डब्लएचओ
काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले युरोपेली देश फेरि पनि कोरोन भाइरसको महामारीको केन्द्र बन्न थालेको जनाएको छ । संगठनका युरोप क्षेत्रीय निर्देशक हङ्स क्युगले युरोपेली क्षेत्रमा महामारीको विषय सन्तोषजनक अवस्थामा नरहेको जानकारी दिए ।
विहिवार सार्वजनिक भएको तथ्यांकले अघिल्लो वर्षकै अवस्थामा महामारी फर्किएको देखाएको उनले उल्लेख गरे । “हामी महामारीको फेरि अर्को संकटपूर्ण र चिन्ताजनक अवस्थामा आइपुगेका छौँ,” भर्चुअल माध्यमबाट भएको पत्रकार सम्मेलनमा उनले भने ।
पछिल्लो समयमा युरोपेली क्षेत्रअन्तर्गत पर्ने विभिन्न देशमा संक्रमितको संख्या बढ्दै गइरहेको उनले बताए । गत हप्ता मात्रै युरोपेली क्षेत्रमा दश लाख ८० हजारभन्दा बढी नयाँ संक्रमित थपिएका थिए । २४ हजारभन्दा बढीको कोरोनाका कारण मृत्यु भएको थियो ।
“कोरोना भाइरसबाट मृत्यु भएका र संक्रमित भएकाको यो संख्या अनुमान गरेभन्दा धेरै र फरक हो,” क्षेत्रीय निर्देशक क्युगले भने । उनले आगामी दिनमा पनि कल्पना गरेभन्दा तीव्र गतिमा महामारी फैलिन सक्ने भएकाले उच्च सतर्कता अपनाउनु पर्ने र हेलचक्रयाई गर्न नहुनेमा जोड दिए ।
















पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो
भोजपुरमा कुटपिटबाट एक जनाको मृत्यु
उपसभामुखको निर्वाचन चैत २७ मा
कञ्चनपुर कारागारमा झडप हुँदा पाँच जना घाइते
प्रधानमन्त्रीले गरे राजदूतहरूसँग सामूहिक भेट
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रतिक्रिया