एमाले महाधिवेशन प्रतिनिधि बन्न यस्ता छन् दायरा

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आगामी दशौँ राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा २०७७ चैतसम्म पार्टी सदस्यता लिएका संगठित सदस्य मात्र सहभागी हुन पाउने भएका छन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन–१४ मा २०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएका संगठित सदस्यले मात्र महाधिवेशन प्रतिनिधि हुन पाउने व्यवस्था गरिएको हो । ती प्रतिनिधिले महाधिवेशनमा मतदान गर्न पाउने छन् ।
एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार चैतसम्ममा सात लाख ३८ हजार पार्टी संगठित सदस्य रहेका थिए । अहिले नौ लाख संगठित सदस्य पुगेको उनले जानकारी दिए । महाधिवेशनमा एक हजार ९९९ जना प्रतिनिधि सहभागी हुने छन् ।
एमालेले महाधिवेशनमा प्रतिनिधिसभा निर्वाचन क्षेत्रअन्तर्गत एक हजार दुई सय पार्टी सदस्यबाट कम्तीमा एक महिलासहित तीन जनाका दरले प्रतिनिधि, त्यसपछि आठ सयसम्मले थप एक–एक जना प्रतिनिधि निर्वाचित गर्ने छ । जनवर्गीय संगठनबाट पाँच जनाका दरले महाधिवेशन प्रतिनिधि हुने छन् ।
एमालेले यही कात्तिक २७ गते देशभर एकैसाथ प्रतिनिधि चयन गर्दै छ । प्रतिनिधि चयन गरिसकेपछि कात्तिक ३० गतेसम्म केन्द्रीय संगठन विभागमा पठाउन निर्देशन दिइएको छ । एमाले महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने भएको छ । महाधिवेशनका लागि रामबहादुर थापाको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन गरिएको छ ।
















जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड
NA Chair Dahal calls on President Paudel
डोङफेङ मोटरद्वारा पहिलो इएमबी सामूहिक उत्पादन परियोजनाको जाडो परीक्षण सम्पन्न
रेकर्ड यात्रा सकेर आर्टेमिस टोलीको घर फिर्ती
यामाहा नेपालको दुईपांग्रे सवारीको मेला ‘ब्लु फेस्ट’ आजदेखि
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
प्रतिक्रिया