नेकपा एसको केन्द्रीय कमिटीको बैठक आज बस्दै
मेरोन्यूज
२०७८ कार्तिक २७ गते १०:१६

काठमाडौँ । सत्ता गठबन्धन दल नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक आज बस्ने भएको छ । ललितपुर सानेपास्थित हेरिटेज गार्डेनमा आयोजना भएको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गरेका थिए ।
आजको बैठकमा पार्टीको समसामयिक गतिविधि तथा मन्त्रीहरूको कामका विषयमा छलफल हुने भएको छ । बैठकमा पार्टीका विभिन्न आयोगले गरेका कामका बारेमा समेत छलफल हुने छ।
दुई दिनेसम्म चल्ने केन्द्रीय कमिटी बैठकका लागि पार्टीले शुक्रबार स्थायी समिति बैठक राखेर एजेण्डा तय गरिसकेको थियो । आजको बैठकमा केन्द्रीय अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका पदाधिकारीलाई शपथ गराउने कार्यक्रम रहेका छ ।
त्यस्तै, बैठकमा प्रदेश १ र बागमती प्रदेशका मुख्यमन्त्रीबाट आगामी कार्य योजना पेस हुने छ ।
सम्बन्धित
















भारत भ्रमणको तयारीमा प्रधानमन्त्री बालेन
उपराष्ट्रपति जेडी भान्स फर्किए अमेरिका
‘एकै बैठकमा सम्झौता हुने अपेक्षा थिएन’ – इरान
यस्तो छ आज कृषिउपजको थोक मूल्य
‘बहुपक्षीयताप्रति नेपाल प्रतिबद्ध छ’
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
प्रतिक्रिया