हामी फुटेका होइनौँ, विद्रोह गरेका हौँ : झलनाथ खनाल

काठमाडौँ । नेकपा एकीकृृत समाजवादीका नेता वरिष्ठ नेता झलनाथ खनालले नेकपा एमालेमा व्यक्तिवादी प्रवृत्ति हाबी भएको बताए । पार्टीको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले एमालेमा विद्रोह गरेर नयाँ पार्टी खोल्न परेको बताएका थिए ।
दुई तिहाई बहुमतलाई केपी शर्मा ओली नेतृत्वको सरकारले सदुपयोग गर्न नसकेको उनले दाबी गरे । उनले भने, ‘हामी फुटेका होइनौँ, एमाले गुटको व्यक्तिवादी प्रवृत्तिविरुद्ध विद्रोह गरेका हौँ ।’
पुँजीवादी जनवादी क्रान्ति पूरा भइसकेको बताउँदै नेता खनालले अबको समाजवादी क्रान्तिको नेतृत्व नेकपा एसले नै गर्न सक्ने बताए ।
नेता झलनाथ खनालले जनताको बहुदलीय जनवाद (जबज) पार्टीको मार्गदर्शक सिद्धान्त बन्न नसक्ने बताएका छन् ।
मार्क्सवाद–लेनिनवादलाई आजको वास्तविकतामा लागू गर्दै समाजवादी क्रान्ति र रूपान्तरणका कार्यदिशा, नीति र सिद्धान्तहरूको विकास गर्दै नेपाली क्रान्तिलाई अघि बढाउनुपर्ने उनको तर्क छ ।
खनालले नेपाली कम्युनिष्ट आन्दोलन र नेपाली क्रान्ति एउटा नयाँ मोडबाट अघि बढ्दै गरेको पनि जिकिर गरेका छन् ।
आफ्नो ९ बुँदे धारणा सार्वज्निक गर्दै उनले पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भई समाजवादी क्रान्ति र रूपान्तरणको नयाँ युगमा आएको बताएका छन् ।
एकीकृत समाजवादी केन्द्रीय समितिको दोस्रो बैठकमा खनालले राजनीतिक बैचारिक टिपोटका रुपमा सुझावहरु पेश गरेका छन् ।
















अमेरिकी उपराष्ट्रपति भान्सले भने- इरानसँगको वार्ता असफल भयो, अमेरिका फर्कँदैछु
यस्तो छ मानवको अन्तरिक्ष उडानको इतिहास
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
आज केही स्थानमा वर्षा र हिमपात हुने
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै
श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
प्रतिक्रिया