आलिया बनिन् ‘पेटा पर्सन अफ द इयर’

काठमाडौँ । बलिउड अभिनेत्री आलिया भट्टले सन् २०१२ मा आफ्नो फिल्मी करियरको सुरुवात करण जोहारको फिल्म ‘स्टुडेण्ट अफ द इयर’बाट गरिन् । दश वर्षे फिल्म करियरमा उनले कैयौं सफल फिल्ममा अभिनय गरिसकेकी छन् । उनी अहिले बलिउडको सर्वाधिक पारिश्रमिक लिने अभिनेत्रीको सूचीमा पर्छिन् ।
आलिया अभिनयका अलावा सामाजिक काममा उत्तिकै सक्रिय छिन् । उनी सामाजिक सञ्जालमार्फत प्रायः आफ्नो फ्यानलाई जनावरप्रति प्रेम गर्न प्रेरित गर्छिन् ।
यिनै आलिया जनावरको अनुकुल फेसन उद्योगको समर्थनका लागि काम गरेकोमा पीपल फर द एथिकल ट्रीटमेन्ट अफ एनिमल्स (पेटा)को सन् २०२१ को ‘पर्सन अफ द ईयर’ घोषित भएकी छन् । आलियाले हालै फ्लेदरको फूल कम्पनीमा लगानी गरेकी थिइन् ।
यो कम्पनी मन्दिरमा फ्याकिएका फूलबाट शाकाहारी खानेकुरा बनाउने गर्दछ । अभिनेत्रीलाई शाकाहारी किड्सवियर लाइनले जनावर र प्रकृतिका लागि जनावरको बच्चालाई पोषण गर्न सहयोग गरेकोमा पेटाले उनलाई सन् २०२१ को ‘इण्डिया फेसन पुरस्कार’ पनि दिएको छ ।
आलिया विशेषत बिरालो र कुकुरको पक्षमा वकालत गर्छिन् । उनले मजबुत पशु संरक्षण कानूनका लागि कैयौं बुँदामा आवाज उठाइसकेकी छन् । आलियाले पेटा इण्डिया अभियानसँग जोडिएर काम गरिसकेकी छन्, जसले बिरालो र कुकुरलाई सहयोगको काम गर्छ ।










सरकारसँग वार्ता गर्न राष्ट्रियता बचाउ अभियानद्वारा तीन सदस्यीय टोली गठन
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवस स्वागत समारोहमा सहभागी
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
कतार पठाउन लागेका दुई हात्तीको बिदाइ
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
यु–१९ एसिया कप : नेपालले पहिलो खेलमा श्रीलङ्कासँग खेल्दै
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
प्रतिक्रिया