आलिया बनिन् ‘पेटा पर्सन अफ द इयर’

काठमाडौँ । बलिउड अभिनेत्री आलिया भट्टले सन् २०१२ मा आफ्नो फिल्मी करियरको सुरुवात करण जोहारको फिल्म ‘स्टुडेण्ट अफ द इयर’बाट गरिन् । दश वर्षे फिल्म करियरमा उनले कैयौं सफल फिल्ममा अभिनय गरिसकेकी छन् । उनी अहिले बलिउडको सर्वाधिक पारिश्रमिक लिने अभिनेत्रीको सूचीमा पर्छिन् ।
आलिया अभिनयका अलावा सामाजिक काममा उत्तिकै सक्रिय छिन् । उनी सामाजिक सञ्जालमार्फत प्रायः आफ्नो फ्यानलाई जनावरप्रति प्रेम गर्न प्रेरित गर्छिन् ।
यिनै आलिया जनावरको अनुकुल फेसन उद्योगको समर्थनका लागि काम गरेकोमा पीपल फर द एथिकल ट्रीटमेन्ट अफ एनिमल्स (पेटा)को सन् २०२१ को ‘पर्सन अफ द ईयर’ घोषित भएकी छन् । आलियाले हालै फ्लेदरको फूल कम्पनीमा लगानी गरेकी थिइन् ।
यो कम्पनी मन्दिरमा फ्याकिएका फूलबाट शाकाहारी खानेकुरा बनाउने गर्दछ । अभिनेत्रीलाई शाकाहारी किड्सवियर लाइनले जनावर र प्रकृतिका लागि जनावरको बच्चालाई पोषण गर्न सहयोग गरेकोमा पेटाले उनलाई सन् २०२१ को ‘इण्डिया फेसन पुरस्कार’ पनि दिएको छ ।
आलिया विशेषत बिरालो र कुकुरको पक्षमा वकालत गर्छिन् । उनले मजबुत पशु संरक्षण कानूनका लागि कैयौं बुँदामा आवाज उठाइसकेकी छन् । आलियाले पेटा इण्डिया अभियानसँग जोडिएर काम गरिसकेकी छन्, जसले बिरालो र कुकुरलाई सहयोगको काम गर्छ ।















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया